सुर्खेत, १८ असोज ।
लघुुवित्त विज्ञ शंकरमान श्रेष्ठले नेपालमा लघुवित्त कार्यक्रम निकै प्रभावकारी हुदै गईरहेको बताउनु भएको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा भएको पत्रकार भेटघाट कार्यक्रममा उहाँले लघुवित्त कार्यक्रमले गरिव जनताको जीवनस्तर उकास्न र उनीहरुलाई पैसा उपयोग कसरी गर्ने भन्ने सिकाएको दावी गर्नुभयो ।
नेपालमा पहिलो पटक लघुवित्त कार्यक्रम भित्याउनु भएका श्रेष्ठले धेरै पैसा दिएर गरिवको जीवनस्तर उकास्न नसकिने भन्दै आवश्यकता अनुसारको पैसा दिनुपर्नेमा जोड दिनुभयो ।
लघुवित्त कार्यक्रम संचालन गदै आइरहेका सहकारी संस्था र गैरसरकारी संस्थालाई बास्तविक गरिवसम्म पुग्न सुझाव दिदै उहाँले नक्कली गरिवको कारण समस्या उत्पन्न हुन थालेको बताउनु भयो ।
उहाँले लघुवित्तले नै देशको मुहार फेर्न सक्ने र गरिबको मुहारमा खुशी ल्याउन सक्ने जिकिर गर्नुभयो ।
बैद्ध ग्रामिण बचत तथा ऋण सहकारी संस्थाले गरेको कार्यक्रममा श्रेष्ठले लघुवित्त कार्यक्रम फाइदामा जान थालेपछि कतिपय व्यक्तिहरुले यसलाई गलत रुपमा उपयोग गर्न थालेकोले यदाकता समस्या देखिन थालेको पनि दावी गर्नुभयो ।