पुल बन्यो, बाटो बनेन्

बद्री पन्त
जाजरकोट २८, कार्तिक ।
जाजरकोट – डोल्पा भेरी कोरीडोर मार्गको रिम्ना स्थित भेरी नदीमा मोटरेवल पुल निर्माण भएको बर्ष वितेको छ । तर रुकुमको छेपारे भीरको एक किलोमिटर सडक बाटो निर्माण नगर्दा दैनिक हजारौं यात्रुले निकै सास्ती वेहोरनु परेको छ ।
सडक निर्माणको जिम्मा लिएको नेपाली सेनाले सडक अधुरो वनाइदिएका कारण यहाँका स्थानीयलाई यात्रामा केहि वर्ष देखि निकै सास्ती हुने गरेको छ । नेपाली सेनाको जाजरकोट डोल्पा सडक निर्माण कार्य दलले उक्त सडक खण्ड अन्तरगत जाजरकोटको रिम्नापुल देखि रुकुमको छेपारे सम्म झन्डै एक किलोमिटर सडक अधुरै राखेका कारण जाजरकोट, रुकुम र डोल्पाका स्थानीयलाई यात्रामा निकै सास्ती भएको रिम्नाका व्यापारी कृष्ण रावतले बताए ।
IMG_20161111_154403केहि समय पहिले सम्म भेरी नदीमा पुल नहुदा असहज भएको उक्त सडकको यात्रा सेनाले जिम्मा लिएको वाटो नवनेर झन असहज वनेको स्थानीयको आरोप छ ।
रिम्ना पुल देखि छेपारे सम्मको एक किलो मिटर सडक सेनाले निर्माण नगरेरै अघि वढेको र अहिले सम्म उक्त स्थानको सडक नवनेका कारण यात्रामा निकै सास्ती भएको छ ।
सडक निर्माणको जिम्मा सडकले लिएको र उक्त सडक वनाउने वारे सेनाले कुनै चासो नदिएका कारण पुल र अन्य स्थानमा लामो दुरीको सडक निर्माण भइसक्दा पनि जनताले कष्टपुर्ण यात्रा गर्नु परेको छ । सडक वन्यो पुल वन्यो तर यति सानो भागमा काम नहुदा भिरालो वाटोमा पैदल यात्रा निकै खतरापुर्ण भएको छ । भेरी नदीको किनारामा साँघुरो र भिरालो वाटो भएका कारण सर्वसाधारण वालवालिका, बिरामी, वृद्धवृद्धा र असक्तहरुलाइ हिडडुल गर्न निकै गाह्रो भएको छ ।
उता नेपाली सेनाको जाजरकोट डोल्पा सडक निर्माण कार्यदलका प्रमुख सेनानी विस्ववन्धु पहाडीले रिम्ना पुलको ठेकेदारले नै सम्झौता अनुसार पुलको वारीपारी १५० मिटर भाग कालोपत्रे गर्नु पर्ने भएकोले आफुले काम नगरेको वताए । उनले यस वारेमा सडक विभागको माथिल्लो तहमा कुरा भइरहेको वताएका छन ।
IMG_20161111_154139उता रिम्नापुलका निर्माणकर्ता अनक कन्सट्रक्सनका प्रोप्राइटर श्रीराम महर्जनले आफुहरुले पुलको पहुचमार्गको रुपमा एक सय पचास मिटर अघि पछि मात्र काम गर्नु पर्ने भएकोले अन्य सडकको जिम्मा आफनो नभएको वताएका छन । उनले पुलको छेउ भन्दा माथि धेरै दुरी रहेकोले यसको जिम्मा सेनाले नै लिनु पर्ने वताए । पुलको पहुचमार्ग निर्माण पनि आफुले केहि समय भित्रै सक्ने महर्जनले वताए ।
छिन्चु जाजरकोट सडक खण्डको औलिझयाम देखि खलंगा सम्म ४५ किमि सडक पुरा गरेपछि जाजरकोट डोल्पा सडक निर्माणको जिम्मा सेनाले लिएको थियो । सेनाले काम पुलको छेउवाट नगरि माथिवाट गर्दा झन्डै एक किलो मिटर भाग छुटेको स्थानीयहरुको गुनासो छ । उक्त भागमा सडक नवनेका कारण जाजरकोटका १० गाविस रुकुमका १५ गाविस र डोल्पा जिल्लाका स्थानीय यात्रुलाइ निकै कष्ट भएको हो ।
वाटो भिरालो र अप्ठेरो भएका कारण पुलवाट गाडी चल्ने स्थान सम्म साना झोला लिन पनि एक सय देखि पाँच सय सम्म तिर्नु परेको यात्रुहरुले गुनासो गरेका छन् ।

प्रकाशित मितिः २८ कार्तिक २०७३, आईतवार ०६:०६

Leave a Reply

Your email address will not be published. Required fields are marked *