सुर्खेत, १७ मंसिर ।
३० किलो अफिम सहित रुकुममा एक जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।
रुकुमको मुसीकोट नगरपालिका १ भण्डारीकाँडावाट प्रेमबहादुर गिरीलाई ३० किलो अफिमसहित प्रक्राउ गरिएको मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
अवैध रुपमा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा गोप्य सुचनाको आधारम गिरीलाई प्रक्राउ गरिएको प्रहरी निरीक्षक निशान्त श्रीवास्तवले बताउनु भयो ।
क्षेत्रीय अनुसन्धान समुह नेपालगंजवाट खटिएको प्रहरी टोलीले वाटोमा हिडिरहेको वेला गिरीलाई प्रक्राउ गरेको उहाँले बताउनु भयो ।
दुई दिन अघि गिरीको साथवाट कालो खैरो रंगको लागु पदार्थ अफिम बरामद «गरिएको प्रहरीले जनाएको छ ।
गिरीलाई जिल्ला प्रहरी कार्यालय रुकुममा राखेर थप अनुसन्धान अघि वढाइएको क्षेत्रीय प्रहरी कार्यालयले बताएको छ ।
मध्यपश्चिमका प्रहरी प्रमुख डिआइजी माधव नेपालले लागु औषध नियन्त्रणको लागि प्रहरीले सक्रियता वढाएको बताउनु भयो ।
उहाँले लागु औषध विरुद्ध प्रहरीले विशेष अभियान नै संचालन गरेपछि पछिल्लो समय मध्यपश्चिम क्षेत्रमा लागु औषधको कारोवारोमा निकै कमी आएको उल्लेख गर्नुभयो ।
क्षत्रीय अनुसन्धान व्यूरो टोलीलाई सक्रिय वनाएपछि लागु औषधको कारोवारो र ओसारपसारमा कमी आएको डिआइजी नेपालले बताउनु भयो ।
यो अवधिमा प्रहरीले मध्यपश्चिम क्षेत्रका विभिन्न जिल्लाहरुमा लगाएको गाजा लगायतको लागु औषध फाँडेर नस्ट समे गरेको छ ।