७ केजी चरेस र ७९ हजार नगदसहित २ जना प्रक्राउ

जाजरकोट,२० मंसिर ।
७ किलो चरेससहित जाजरकोटमा दुईजना पक्राउ परेका छन ।
जाजरकोट सिमा–९ छेडामा अवैधरुपमा चरेस किनबेच गर्न लागेका बेला नौवस्ता–८ बाँकेकी तुलसा शाही र ७ का हरिबहादुर बमलाई प्रहरीले प्रक्राउ गरेको हो ।
chares-5845213a6ffb68.30430912७९ हजार नगदसहित उनीहरुलाई रगेंहात पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
झोलामा ७ किलो चरेस राखेर किनबेचका लागि मोलमोलाई गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय जाजरकोट तथा अस्थायी प्रहरी पोष्ट छेडाचौरबाट गस्तीमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी निरीक्षक सुवास भट्टले बताउनु भयो ।
जाजरकोटबाट सुर्खेततर्फ जाँदै गरेको बस रोकिरहेको अवस्थामा एकान्त ठाउँमा गएर कुरा गरिरहेका शाही र बमलाई शंका लागि शरिर तथा झोला खानतलासी गर्दा झोलाभित्र प्लाष्टिकमा पोका पारेर राखेको चरेस र नगद बरामद गरिएको पनि उहाँले बताउनु भयो ।
शाही र बमलाई हिरासतमा राखेर थप अनुसन्धान भैइरहेको छ । उनीहरु माथि लागु औषध कारोवार सम्बन्धमा मुद्दा चलाइने प्रहरीले बताएको छ ।

प्रकाशित मितिः २० मंसिर २०७३, सोमबार ०९:०६

Leave a Reply

Your email address will not be published. Required fields are marked *