पत्रकार नगेन्द्र उपाध्याय सम्मानीत

सुर्खेत, २८ मंसिर ।
नागरिक दैनिकका सुर्खेत सम्वाददाता नगेन्द्र उपाध्याय सम्मानीत भएका छन् । निजी तथा आवासिय विद्यालय अर्गनाईजेसन नेपाल ९प्याव्सन० को १३औं जिल्ला अधिवेशनबाट उपाध्यायलाई सम्मानीत भएका हुन् ।

समग्र शिक्षा क्षेत्रमा पत्रकारिता मार्फत सहयोग पु¥याएवापत उपाध्यायलाई सम्मान गरिएको प्याव्सन सुर्खेतका अध्यक्ष नैनसिंह खत्रीले बताए ।

अधिवेशनको अवसरमा प्यावसन सुर्खेतका प्रमुख सल्लाहकार नवराज गुरुङ्ग, सल्लाहकारहरु हेमप्रकाश भुसाल, पूर्णबहादुर नेपाली, सिता सुवेदी, सिताराम कार्की, डिल्लीराम शर्मा (निरौला), प्यावसनका केन्द्रिय सदस्य तथा प्यावसन सुर्खेतका सल्लाहकारहरु बालदिप कडेल र सितारम पौडेललगायतलाई सम्मान गरिएको छ ।

यस्तै, प्यावसन सुर्खेतको भवन निर्माणका लागि जग्गा खरिद कार्यमा सहयोग गरेको भन्दै उपाध्यक्ष लोकबहादुर खत्री र उपेन्द्र खड्कालाई पनि सम्मान गरिएको छ । यसैगरी निजी तथा आवासिय विद्यालयको हितमा कलम चलाएर सहयोग गरेको भन्दै नागरिक दैनिकका सुर्खेत सम्वाददाता नगेन्द्र उपाध्यायलाई पनि सम्मान गरिएको छ ।

प्रकाशित मितिः २८ मंसिर २०७३, मंगलवार १४:२९

Leave a Reply

Your email address will not be published. Required fields are marked *