सुर्खेतमा चंदा आतंक मच्चाउने भूमिगत समूहका एक पक्राउ

डिलबहादुर खत्री
सुर्खेत, ६ पुस ।
सुर्खेत प्रहरीले भूमिगत समूहका नाममा आतंक मच्चाउने एक जनालाई पक्राउ गरेको छ । समाज सुधार जनता पार्टीको नाममा विभिन्न अपराधिक क्रियाकलापमा आवद्ध भएका वीरेन्द्रनगर १० खजुराका भुवन सुनारलाई बुधबार प्रहरीले सार्वजनिक गरेको हो । प्रहरीले सुनारका साथबाट नक्कली पेस्तोल पनि बरामद गरेको छ । विकलाई लेखपराजुलको सत्तरीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बहादुर जंग मल्लले जानकारी दिनु भयो ।
1समाज सुधार जनता पार्टीका इन्चार्ज सुरविर थापा नाम बताउने नरेश खड्का भने फरार रहेको र उसको खोजी कार्यलाई तीव्रता दिएको डिएसपी मल्लको भनाई छ । यही समूहमा आवद्ध धर्मराज गिरी ६ महिना अघि नै कारागार चलान भइसकेको मल्लले बताउनु भयो ।
सुर्खेत प्रहरीले जिल्लामा कुनै पनि भूमिगत समूह नभएकाले विचलित नहुन नागरिकलाई आग्रह गर्नु भएको छ ।
डिएसपी मल्लले समाज सुधार जनता पार्टीका नामबाट राजनीतिक उद्देश्यीयका लागि भन्दा पनि विभिन्न व्यापारीबाट चंदा आतंक फैलाउँदै रकम असुल्ने गिरोह रहेको बताउनु भयो । समूहले विगत ६ महिनादेखि सुर्खेतका व्यवसायी, जग्गा कारोवारी, मिटरब्याजमा संलग्न व्यवसायी र निजी विद्यालयका सञ्चालकलगायतलाई धम्की दिँदै रकम असुल्दै आईरहेका थिए ।

प्रकाशित मितिः ६ पुष २०७३, बुधबार १४:००

Leave a Reply

Your email address will not be published. Required fields are marked *