फरार अभियुक्त प्रक्राउ

660015552586e4448bd3db345a5abf45सुर्खेत, १३ पुष ।
जिल्ला अदालत सुर्खेतबाट १९ बर्ष १० महिना २७ दिन कैद सजाय तोकिएका एक जना फरार अभियुक्तलाई प्रहरीले प्रक्राउ गरेको छ ।
कर्तव्य ज्यान मुद्धामा सजाय पाएका बीरेन्द्रनगर नगरपालिका ११ का २३ बर्षका खगेन्द्र नेपालीलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव निरीक्षक ध्रुर्ब बोहराको कमाण्डमा खटिएको प्रहरीको बिशेष टोलीले आफ्नै घरमा लुकी छिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
खगेन्द्र नेपालीले २०७१ साल बैसाख १५ गते सुर्खेत जर्वुटा गा.वि.स. वडा नं.४ वस्ने बर्ष १४ कि लिला रोकायको हत्या गरेको प्रहरीले बताएको छ ।
बिष सेवन गराई रोकायको हत्या गरी फरार नेपालीलाई जिल्ला अदालत सुर्खेतले २०७२ साल जेठ १८ गते  १९ बर्ष १० महिना २७ दिन कैद सजाय तोकिएको थियो ।
नेपालीलाई बुधवार अदालतको आदेशमा कारागार चलान गरिएको पनि प्रहरीले बताएको छ ।

प्रकाशित मितिः १३ पुष २०७३, बुधबार ११:१२

Leave a Reply

Your email address will not be published. Required fields are marked *