योजना काठमाडौंमै छानिए

बद्री पन्त
जाजरकोट १४, पुस
जाजरकोटका साँसदहरुले जिल्लाको पुर्वाधारका योजनाहरुको ६ करोड वजेट काठमाडौंमै वसेर वाँडफाँड गरेका छन् । जिल्लाका सरोकारवालाहरुका माझ छलफल गरेर गत जिल्ला परिषदले प्राथमिक्ता सुचीमा राखेका योजनालाइ प्राथमिक्ता नदिएर उनीहरुले योजनाहरुको वजेट वाँडफाँड गरेको भन्दै स्थानीय सरोकारवालाहरुले गुनासो गरेका छन् ।
निर्वाचन क्षेत्र पुर्वाधार विशेष कार्यक्रमका योजनाहरुको वजेट साँसदहरु शक्तिवहादुर वस्नेत र राजीव विक्रम शाहले जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत गणेशप्रसाद खनाललाइ काठमाडौंमै वोलाएर योजनाको छनोट र वजेट वाँडफाँटको निर्णय गरेका हुन् । आवस्यकता र जनताको मागलाइ जनताकै तहमा छलफल गरेर जिल्लामै वजेट नवाँडेको भन्दै स्थानीय सरोकारवालाहरुले विरोध जनाएका छन् ।IMG_6722
आर्थिक वर्ष २०७४÷७५का लागि वस्ने जिल्ला परिषद वैठकका विषयमा वुधवार खलंगामा आयोजना गरिएको पुर्व योजना तर्जुमा समितिको वैठकमा सहभागिहरुले यस्तो विरोध गरेका हुन् । सहभागिहरुले स्थानीय विकास अधिकारी इन्द्र गौतमलाइ यसवारे चित्त वुज्दो जवाफ दिन माग गरे । किन यसरी काठमाडौंमा जिल्लाका योजनाहरु छानियो भन्दै उनीहरले विरोध गरे । स्थानीय विकास अधिकारी गौतमले भने साँसदहरुले योजनाको छनोट वारे केहि वोल्न नसक्ने वताए । उनले साँसदहरुले जिल्लाकै लागि योजनाहरु छनोट गर्नु भएकोले यसको सफल कार्यान्वयनका लागि सवैले साथ दिनु पर्ने वताए । गोप्य श्रोतका अनुसार साँसदहरुले योजना छनोट गर्दा स्थानीय विकास अधिकारीले गरेको आग्रह नमानेको वुझिएको छ । परिषदले प्राथमिक्तामा राखेका योजनाहरुको छनोटका लागि स्थानीय विकास अधिकारीले लिएको अडान साँसदहरुले नमानेको श्रोतको दावी छ । IMG_6755
विकेन्द्रिकरणको सिद्धान्त र जनताको सहभागितालाइ वेवास्ता गर्दै साँसदहरुले वजेट काठमाडौंमै विनियोजन गरेको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले वताए । गत जिल्ला परिषदले प्राथमिक्ता सुचीमा राखेका योजनाहरुलाइ वेवास्ता गर्दै काठमाडौंमा योजनाको छनोट र वजेट वाँडफाँड हुनु दुखद भएको उनले वताए । त्यस्तै नेपाली काँग्रेसका क्षेत्रिय सभापति महेन्द्र शाहले पनि जनता र जिल्लाका सरोकारवारवालाहरुलाइ थाहा नदिएर काठमाडौंमै साँसदहरुले योजनाको वजेट वाँडफाँड गर्नु राम्रो नभएका वताए ।IMG_6726
जिल्लाका योजनाहरु छान्ने वेला समेत जिल्लामा गाउँमा छलफल हुदैन भने अरु के कुराको आसा गर्न सकिन्छ उनले भने । त्यस्तै नेपाल वार एसोसियसनजाजरकोटका उपाध्यक्ष भीमवहादुर सिंहले जाजरकोटका योजना काठमाडौंमा वसेर छान्नु र उतै वजेट वाँडफाँड गर्नु सारै दुखको कुरा भएको वताए । उनले जिल्ला परिषदले प्राथमिक्तामा राखेका योजनाहरु केहि परे पनि धेरै नपरेको वताए । वस्ती स्तरमै वसेर गरिएको छलफलवाट योजनाको छनोट र वजेट वाँडफाँड हुनुपर्नेमा जनतालाइ वेवास्ता गरिएको उनले वताए । उता नेकपा माओवादी केन्द्रका नेता समेत रहेका साँसद शक्तिवहादुर वस्नेतले जहाँ वाडेपनि जनताकै लागि योजना छनोट गरिएको वताए । उनले समितिको वैठक जहाँ वसे पनि केहि फरक नपर्ने भन्दै जिल्ला परिषदले प्राथमिक्तामा राखेका योजनाहरु नै आफुले छनोटमा पारेको वताए । क्षेत्र नं १ का साँसद वस्नेतले एउटा४० लाख र अन्य २४वटा १० लाखका दरले पुर्वाधारका योजनाहरु छानेको र क्षेत्र नं २ का साँसद शाहले एउटा योजना ४० लाख र अन्य २२ वटा योजना १२ लाखका दरले छानेका छन् । वस्नेत नेकपा माओवादीका तर्फवाट निर्वाचित साँसद हुन भने शाह नेपाली काँग्रेसवाट निर्वाचित साँसद हुन् । उनीहरले निर्वाचन क्षेत्र पुर्वाधार विशेष कार्यक्रमको तीन तीन करोडका दरले ६ करोड वजेट वाँडफाँड गरेका हुन् ।

प्रकाशित मितिः १४ पुष २०७३, बिहीबार १६:५३

Leave a Reply

Your email address will not be published. Required fields are marked *