जाजरकोटमा ९ करोडको सुन्तला

बद्री पन्त
जाजरकोट १८, पुस
यस बर्ष जाजरकोटमा ९ करोडको सुन्तला फलेको छ । गत बर्षको भन्दा ५ प्रतिशतले उत्पादन बृद्धि भएको जिल्ला कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ ।
कार्यालयका अनुसार जिल्लाको ढिमे, डाडागाउँ, लहँ, खलंगा, खगेनकोट, पैक, झाप्रा, कार्कीगाँउ, पुन्मा, भुर, लगाएत गाविसमा सुन्तला उत्पादन बढेको कार्यालयले जनाएको छ । सुन्तला खेतीको लागि अनुकुन मौषम भएकाले उत्पादन बृद्धि भएको कार्यालयले जनाएको छ ।
जिल्लाको ३ सय ६० हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तार गरीएको छ । जस्मा १ सय ८० हेक्टरमा सुन्तला उत्पादन भई १८ सय २४ मेट्रिक टन सुन्तला उत्पादन भएको  र यसको बजार मूल्य ९ करोड १२ लाख हुने बरिष्ठ कृषि विकास अधिकृत डा. श्रीराम घिमिरे वताउनु भयो ।
सुन्तला खेतिबाट राम्रो आम्दानी हुने भएपछि यहाँका किसानहरु यस तर्फ आक्रशित भएका छन् । सुन्तला खेति गर्ने किसानको संख्या पछेल्लो समय बढ्दै गएको कृषि कार्यालयले जनाएको छ । थोरै लगानीबाट धेरै आम्दानी हुने भएपछि किसान यस खेती तर्फ लागेका हुन् ।
एक कृषकले वार्षिक रुपमा  एक लाख देखि ६ लाख सम्म आम्दानी गर्ने गरेका छन् । सुन्तला खेतीको पकेट क्षेत्र दम्दाला गाउँमा मात्र एक करोडको सुन्तला फलेको छ । कृषकले व्यावसायिक रुपमा  सुन्तला खेती थालेका छन् । परम्परागत मकै, गहुँ, जौ, कोदो, फापर लगाउने खेतबारीमा सुन्तला खेती लगाउन थालेका हुन । सुन्तला खेतीले जीवनस्तर नै परिवर्तन गर्ने उद्धेश्यले सुन्तला खेतीमा लागेको सुन्तला कृषकले बताएका छन् । बर्षमा लाखौ मुल्यको सुन्तला गाउँ बाहिर निर्यात हुने गरेको छ । कृषकले बोटमै सुन्तला प्रति किलो ५० रुपैयाँमा विक्री गर्दैआएका छन् । भने बजारमा ८० देखि ९० रुपैंयामा बिक्री हुने गरेको छ । जाजरकोटको सुन्तला जुम्ला, डोल्पा, रुकुम, सुर्खेत तथा स्थानीय बजारमा खपत हुदै आएको छ ।

प्रकाशित मितिः १८ पुष २०७३, सोमबार ०३:३०

Leave a Reply

Your email address will not be published. Required fields are marked *