कालापाड छोडेर गाउँकै रोजगारी

बद्री पन्त
जाजरकोट १८, पुस
भारतको कालापााड  गए  धेरै कमाइ हुन्छ भन्ने सोचेर  ११  वर्ष अघि भेरीमालिका १०  भुरका गगन राना भारतको सिम्ला तिर लागे । हतौडाको  सहाराले मिस्त्री काम गर्दै  गगनले ५ वर्ष विताए ।  मिस्त्री गगनको  ५ वर्षे  भारत यात्राले जीवनमा केहि पनि परिवर्तन हुन सकेन ।  भारतमा जति दुख गरेपनि  जीवनमा गतिलो कमाइ हुन सक्ने छाट नदेखेपछि   गगन  गाउँमै फर्किने निधोमा पुगे ।
सामान्य पढाइ लेखाइ मात्र भएका  गगनले भारतमा ५ वर्ष  सम्म हतौडा समातेर सिकर्मीको काम  गर्दा  सुक्को पनि वचाउन सकेनन् । घरमा लागेको क्रृण र छोराछोरीको पढाइ खर्च जुटाउने आसाले भारतको हिमाचल प्रदेशको  सिम्ला स्थित लेरुवा चौपाल छिरेका गगनको कालापहाडको वसाइ निरासाजनक रहयो ।
परदेशको दुखले घर खर्च  धान्न नसक्ने भएपछि  गाउँ फर्किएका गगनले घरको वरिपरीको वाँझो  जमिनमा तरकारी खेतीगर्ने  योजना वनाए ।  सुरुमा  २५ हजार  क्रृण काढेर आफनै वाँझो  जग्गामा  तरकारी खेती गरेका गगनले  अहिले वार्षिक  ३ लाख कमाउने गरेका  छन् । पानीको गतिलो सुविधा नभएपनि ८ रोपनी  जग्गामा तरकारी खेती गरेका गगन गाउँका अगुवा  मात्र होइन नमुना किसान समेत हुन् ।
४४वर्षीय गगनले तरकारी खेतीवाट कमाएको  पैसाले  २५ लाखको आफनै घर मात्र वनाएका छै्रनन  तरकारी खेतीमा सहयोग गर्नका लागि एकजनालाइ  मासिक ८को रोजगारी समेत दिएका छन् । ४ छोरा र २ छोरीका वावु गगनले कमाएको रकमले छोराछोरीको पढाइ खर्च निर्धक्कसंग पुरयाउन सकेका छन्।
स्थानीय पाँच तारा युवा संरक्षक मन्चको  किसान परियोजनावाट तरकारी खेतीका लागि उन्नत विउ र प्रविधिका साथै अन्य सहयोग पाएका गगनले  गाउँका अन्यलाइ पनि तरकारी खेतीमा लाग्न प्रेरणा दिने काम गरेका छन् ।  लाख करोड  फल्ने हाम्रा पाखा वारी वाँझो राखेर विदेश जानु भनेको  दुखको जीवन रोज्नु जस्तै भएको  गगन वताउछन् ।
आफनै घर परिवारसंग रमाउदै  खेतवारीमा तरकारी फलाउदाको मजा वेग्लै  छ,  गगनले  आफनो प्रगतिमा सन्तुष्टी  पोख्दै भने ।  जिल्लामा पछिल्लो चरणमा तरकारी खेतीतर्फ किसानहरुको आकर्षण वढ्दै गएको भएपनि धेरै खेतवारीहरु वाँझै रहने गएको र  युवाहरु विदेशतिरै  दुख गर्न पल्केको  उनको  गुनासो छ ।  यसरी आफनै खेतवारीमा  लाखौं कमाउन सकिने कुरा पहिले नै थाहा पाएका भए  भारतमा कमाइ गर्न जानै थिइन, उनले भने। जिल्लामा  उन्नत कृषि उत्पादनका लागि विभिन्न संघसंस्थाले गरेको  सहयोगलाइ सदुपयोग गरे जिल्लाको गरिवी घट्न सक्ने पाँचतारा युवा संरक्षक मन्च जाजरकोटका अध्यक्ष रविन्द्र शाहले वताए । आफुहरुले जिल्लाका  सयौं किसानहरुलाइ  किसान परियोजना अन्तरगत  धेरै प्रकारका सहयोगहरु  दिएको वताए ।
जिल्लामा तरकारी तथा अन्य वालीको  उन्नत खेतीका लागि कार्यालयका तर्फवाट  सक्दो सहयोग गर्ने गरिएको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत मुकेश राम्जालीले वताए ।   पछिल्लो चरणमा जाजरकोटका किसानहरुमा उन्नत खेतीवारे चेतना वढ्दै गएकोले  उत्पादन पनि वढेको  वताए ।  पछिल्लो चरणमा जिल्लामा  १०करोड वढीको तरकारी उत्पादन  भएको  कृषि विकास कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः १८ पुष २०७३, सोमबार १५:१५

Leave a Reply

Your email address will not be published. Required fields are marked *