शाही हत्याले शोखमा डुब्यो गाउँ

बद्री पन्त
जाजरकोट १९, पुस
गत आईतवार ताप्लेजुङ जिल्लाको ईलाका बन कार्यालय खोपलिङ्गमा कार्यरत बन रक्षक गणेशबहादुर शाहीकोे हत्याले यति बेला उनको जन्म घर दशेरा ८ बराबनगाउँ शोखमा डुवेको छ । उनको हत्याको खबरले सिंगोगाउँ शोखमा छ ।IMG_7553
उनको हत्या विरोधमा जाजरकोटका कर्मचारीले मंगलबार सदरमुकाम खलंगामा विरोध तथा आन्दोलन गरेका छन् । शाहीको हत्या विरोधमा जाजरकोटका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।IMG_7586 कर्मचारीले सदरमुकाम खलंगामा प्रर्दशन, जिल्ला प्रशासन कार्यालयमा धर्ना तथा ज्ञापन पत्र बुझाउने, २ घण्टा पेन डाउन गर्ने लगाएत विरोध कार्यक्रम गरेका छन् । IMG_7540
विभिन्न पेशागत संघ संगठनको नेतृत्वमा रहेका कर्मचारीहरुले हत्यारालाई राजनितिक संरक्षण नगरी हदैसम्मको कारबाही, शाहीलाई राष्ट्र सेवक शहिद घोषणा, शाहीका आश्रित परिवारलाई आजीवन निवृत्तिभरण तथा सन्ततीलाई छात्रबृत्तिको ब्यबस्था लगाएत ५ बुदें माग गर्दै प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।
IMG_7604 दशेरा ८, बडाबन जाजरकोट घर भै जिल्ला बन कार्यालय ताप्लेजुङ अन्र्तगतको ईलाका बन कार्यालय खोपलिङ्गमा २ बर्ष देखि बन रक्षक पदमा कार्यरत शाहीको गत आईतवार भएको बर्बर, पासविक तथा निर्मम हत्याको खबरले सम्पुर्ण निजामती कर्मचारी मर्महात भएको आधीकारिक टे«ड युनियन जाजरकोटका अध्यक्ष बीरबहादुर चन्दले बताए ।  यो अमानवीय घटना शाही माथिको प्रहार मात्र नभै देश भरका निजामती कर्मचारी माथिकै प्रहार भएको चन्दको भनाइ छ । कर्तब्य पालनको सिलसिलामा खटीएका राष्ट्रसेवकको हत्याले सबै कर्मचारी स्तब्ध भएका छन् । हत्यारा सविन लिम्बुलाई हदैसम्मको कानुनी कारबाही तथा पिडितलाई उचित राहातको ब्यबस्था नभएसम्म र राष्ट्रसेवक कर्मचारीको पुर्ण सुरक्षाको ग्यारिण्टी  नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । IMG_7562
शाहीका २ सन्तान र श्रीमती छन् । शाहीको हत्याले यतिबेला जाजरकोटको बडाबन गाउ शोखमा डुबेको छ ।

प्रकाशित मितिः १९ पुष २०७३, मंगलवार १२:५४

Leave a Reply

Your email address will not be published. Required fields are marked *