बद्री पन्त
जाजरकोट २० पुस
गत आईतवार ताप्लेजुङ जिल्लाको ईलाका बन कार्यालय खोक्लिङ्गमा कार्यरत बन रक्षक गणेशबहादुर शाहीकोे हत्या विरोधमा आन्दोलनमा उत्रिएका जाजरकोटका कर्मचारीले बुधवार कालोपट्टी बाँधेर कामकाज गरेका छन् । ५ बुदे माग राखि आन्दोलनमा उत्रिएका जाजरकोटका निजामति कर्मचारीले माग पुरा नभए सम्म आन्दोलन जारी रहने बताएका छन् ।
कर्मचारीहरुले हत्यारालाई राजनितिक संरक्षण नगरी हदैसम्मको कारबाही, शाहीलाई राष्ट्र सेवक शहिद घोषणा, शाहीका आश्रित परिवारलाई आजीवन निवृत्तिभरण तथा सन्ततीलाई छात्रबृत्तिको ब्यबस्था लगाएत ५ बुदें माग गरेका छन् ।
दशेरा ८, बडाबन जाजरकोट घर भै जिल्ला बन कार्यालय ताप्लेजुङ अन्र्तगतको ईलाका बन कार्यालय खोपलिङ्गमा ३ बर्ष देखि बनरक्षक पदमा कार्यरत शाहीको गत आईतवार भएको बर्बर, पासविक तथा निर्मम हत्याको खबरले सम्पुर्ण निजामती कर्मचारी मर्महात भएको आधीकारिक टे«ड युनियन जाजरकोटका अध्यक्ष बीरबहादुर चन्दले बताए ।
यो अमानवीय घटना शाही माथिको प्रहार मात्र नभै देश भरका निजामती कर्मचारी माथिकै प्रहार भएको चन्दको भनाइ छ । कर्तब्य पालनको सिलसिलामा खटीएका राष्ट्रसेवकको हत्याले सबै कर्मचारी स्तब्ध भएका छन् । हत्यारा सविन लिम्बुलाई हदैसम्मको कानुनी कारबाही तथा पिडितलाई उचित राहातको ब्यबस्था नभएसम्म र राष्ट्रसेवक कर्मचारीको पुर्ण सुरक्षाको ग्यारिण्टी नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।