औषधी छैन

बद्री पन्त
जाजरकोट २१, पुस                                                                                                                                सरकारले जिल्ला अस्पतालबाट ७० प्ररकारका औषधी निःशुल्क वितरण गर्ने भने पनि जाजरकोटमा लागु हुन सकेको छैन । सरकारले जाजरकोट अस्पतालमा ३० प्ररकार भन्दा बढी औषधी पठाउन सकेको छैन । जस्का कारण यस जिल्लामा  बर्षेनी औषधी अभाव हुने गरेको छ । IMG_5957
यतिबेला जिल्ला अस्पताल र ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थामा औषधी अभाव भएको छ । जिल्ला अस्पताल लगाएत स्वास्थ्य संस्थामा सिटामोल र टा“का लगाउने धागो तथा सियो समेत नपाइने भएको छ । जस्का कारण यहाको स्वास्थ्य सेवा प्रभावित भएको छ । विरामी निजी मेडिकलको औषधी किन्न वाध्य छन् । औषधी खरीदका लागि आउने बार्षिक ५० लाख कम बजेट हु“दा बर्षेनी औषधी अभाव हुने गरेको हो । यस जिल्लाका २ लाख जनतालाई बार्षिक १ करोड बढीको औषधी आवश्यक पर्ने स्वास्थ्यकर्मीको भनाई छ । IMG_6244
औषधी अभाव भएपछि स्वास्थ्यकर्मीले परीक्षण गरेका विरामीलाई औषधी छैन भन्दै निजी मेडिकललाई देखाउने गरेका छन् । जाजरकोटबासीका लागि निशुल्क औषधी पाईन्छ भन्ने नारा कागजमा मात्र सिमीत छ । जाजरकोट अस्पतालमा कोर्टीन, एमोक्सीलीन, आई ड्रप, एण्टासिट, भुस्कोपान, र्यानीटीडीन, भिटामीन बी कम्प्लेक्स, फेनारामाइन, म्याग्लेट, जीन्क ट्याब्लेट, पारासिटामोल, डाइजीन, विभिन्न सलायन, सिप्रो, आ“खा, लुतो लगाएत ६० थरीका औषधी पाउन छाडेका छन् ।
गाउका स्वास्थ्य संस्थाबाट औषधी लिन सदरमुकाम आएका स्वास्थ्यकर्मी रित्तो हात फर्कने गरेका छन् । दुर्गमका स्वास्थ्य संस्थाहरु औषधी विहिन छन् । स्वास्थ्य संस्थामा औषधी अभाव हुदा विरामी उपचारबाट बन्चित हुने गरेका छन् । ५० शैयाको जाजरकोट अस्पताल, ३ प्राथमिक स्वास्थ्य केन्द्र र अन्य ३० स्वास्थ्य संस्थामा औषधी अभाव भएको हो । सरकारले जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५६ र स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधी उपलब्ध गराउने भने पनि हालसम्म ३० प्रकार भन्दा बढी औषधी उपलब्ध हुन सकेको छैन ।

प्रकाशित मितिः २१ पुष २०७३, बिहीबार ०४:५६

Leave a Reply

Your email address will not be published. Required fields are marked *