बद्री पन्त
जाजरकोट २१, पुस
गत आईतवार ताप्लेजुङ जिल्लाको ईलाका बन कार्यालय खोक्लिङ्गमा कार्यरत बन रक्षक गणेशबहादुर शाहीकोे हत्या विरोधमा आन्दोलनमा उत्रिएका जाजरकोटका कर्मचारीले बिहीबार पनि हातमा कालोपट्टी बाँधेर कामकाज गरेका छन् । ५ बुदे माग राखि आन्दोलनमा उत्रिएका जाजरकोटका निजामति कर्मचारीले माग पुरा नभए सम्म आन्दोलन जारी रहने बताएका छन् ।
कर्मचारीहरुले हत्यारालाई राजनितिक संरक्षण नगरी हदैसम्मको कारबाही, शाहीलाई राष्ट्र सेवक शहिद घोषणा, शाहीका आश्रित परिवारलाई आजीवन निवृत्तिभरण तथा सन्ततीलाई छात्रबृत्तिको ब्यबस्था लगाएत ५ बुदें माग गरेका छन् ।
दशेरा ८, बडाबन जाजरकोट घर भै जिल्ला बन कार्यालय ताप्लेजुङ अन्र्तगतको ईलाका बन कार्यालय खोपलिङ्गमा ३ बर्ष देखि बनरक्षक पदमा कार्यरत शाहीको गत आईतवार भएको बर्बर, पासविक तथा निर्मम हत्याको खबरले सम्पुर्ण निजामती कर्मचारी मर्महात भएको आधीकारिक टे«ड युनियन जाजरकोटका अध्यक्ष बीरबहादुर चन्दले बताए ।
यो अमानवीय घटना शाही माथिको प्रहार मात्र नभै देश भरका निजामती कर्मचारी माथिकै प्रहार भएको चन्दको भनाइ छ । कर्तब्य पालनको सिलसिलामा खटीएका राष्ट्रसेवकको हत्याले सबै कर्मचारी स्तब्ध भएका छन् । हत्यारा सविन लिम्बुलाई हदैसम्मको कानुनी कारबाही तथा पिडितलाई उचित राहातको ब्यबस्था नभएसम्म र राष्ट्रसेवक कर्मचारीको पुर्ण सुरक्षाको ग्यारिण्टी नभएसम्म आन्दोलन जारी रहने बताए ।