*मृतककी धर्मपत्निलाई सरकारी जागीरको नियुक्ति तथा १ लाख नगद सहयोग ।
*सरकारले स्वर्गीय शाहीलाई पहिलो बन रक्षक सहित घोषणा ।
*ताप्लेजुङ्गमा हत्या गरीएका शाहीको नामबाट २ लाख २५ हजारको पुरुष्कार स्थापना गरेको छ ।
बद्री पन्त
जाजरकोट २६, पुस
बन मन्त्री शंकर भण्डारीले गत पुस १७ गते ताप्लेजुङको खोपलिङ्गमा हत्या गरीएका बन रक्षक गणेशबहादुर शाहीकोे जाजरकोट दशेरा ८, बडाबन स्थित घरमा पुगेर पिडित परिवारलाई सम्बेदना दिनु भएको छ । मन्त्री भण्डारीले शाहीको १० औं दिनको पुन्य तिथीको अवसरमा मृतककी धर्मपत्नि, ६५ बर्षीय आमा, नाबालक २ भाइ छोरा लगाएतस“ग भेटघाट गरेर सान्त्वना दिनु भएको हो ।
मन्त्री भण्डारीले क्रिया बसेकी स्वर्गीय शाहीकी धर्मपत्नि पवित्रालाई १ लाख नगद सहयोग उपलब्ध गराउनुका साथै उनलाई बन रक्षक पदमा करार नियुक्ति समेत गर्नु भएको छ ।
गर्भवती समेत रहेकी पवित्रालाई घरपायक पर्ने ईलाका बन कार्यालयमा हाजिर हुने ब्यबस्था मिलाउन जिल्ला बन अधिकृत उपेन्द्र प्रसाद पटटेललाई निर्देशन समेत दिनु भएको छ । कर्तब्य पालनको सिलसिलामा भएको शाहीको हत्याले आफु मर्माहित भएको मन्त्री भण्डारीले बताउनु भयो । नघट्ने घटना घट्यो । हत्यारालाई मौजुदा कानुन अनुसार हदैसम्मको कारबाही गर्न लागी परेको समेत बताउनु भयो । गणेश यो देशको सहिद बनेको भन्दै मन्त्रीले राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च राख्न र पिडित परिवारलाई सान्त्वना दिन बडाबन आएको बताउनु भयो । बन मन्त्रालय मातहतको कर्मचारी मारिंदा र उनको परिवार पिडा तथा दुःखमा पर्दा सान्त्वना दिन पिडितको घरमा पुगेको बताउनु भयो । यो ठुलो कार्य नभएको भन्दै उहाँले एउटा मन्त्रीको कर्तब्य भएको कुरा बताउनु भयो ।
सरकारले पिडित परिवारको लालनपालन र बालबालिकाको पठनपाठन तथा सुरक्षाको जिम्मा लिने बताउनु भयो । मन्त्री भण्डारी, सांसद राजीव विक्रम शाह, बन विभागका महानिर्देशक कृष्ण आचार्य लगाएत टोली पिडित परिवारलाई समबेदना दिन बडाबन पुगेको थियो ।
सरकारले राष्ट्रसेवक कर्मचारीको सुरक्षाको पुर्ण ग्यारिण्टी लिने मन्त्री भण्डारीले बताउनु भएको छ । जोखिमयुक्त कार्यमा सग्लग्न कर्मचारीको कसरी सुरक्षा गर्ने भन्नेबारे सरकार गम्भीर भएको भन्दै सम्बन्धित विभागीय प्रमुखलाई यस सम्बन्धि कार्यक्रम तत्काल पेश गर्न निर्देशन दिएको मन्त्री भण्डारीले बताउनु भएको थियो । देशको बन जोगाउन खट्ने बन रक्षकलाई हतियारको ब्यबस्था गर्ने बारे छलफल भैरहेको भन्दै सम्पुर्ण कर्मचारीलाई जिम्मेवारी प्रति विचल्लीत नहुन र हतोत्साहीत नहुन पनि आग्रह गर्नु भयो । सरकारले स्वर्गीय शाहीलाई पहिलो बन रक्षक सहित घोषणा गरेको मन्त्री भण्डारीले जानकारी दिनु भयो ।
ताप्लेजुङ्गमा हत्या गरीएका शाहीको नामबाट २ लाख २५ हजारको पुरुष्कार स्थापना गरेको छ । हरेक बर्ष उत्कृष्ट कार्य गर्ने १ जनालाई १ लाख र प्रत्येक क्षेत्रबाट ५ जनालाई २५ हजारको दरले उक्त पुरुष्कार उपलब्ध गराउने मन्त्रीले बताउनु भयो । शाहीको पिडित परिवारलाई आर्थिक सहयोग गर्न बन मन्त्रालय अन्र्तगतका कर्मचारीले १ दिनको तलब उपलब्ध गराउनु पर्ने निर्णय भएको र सरकारले शाहीका परिवारलाई १० लाख राहात उपलब्ध गराउने निर्णय पनि गरेको उहाँले बताउनु भयो ।
क्याप्सन ः वन मन्त्री शंकर भण्डारी, सांसद राजीव विक्रम शाह, बन विभागका महानिर्देशक कृष्ण आचार्य लगाएत टोली ताप्लेजुङको खोपलिङ्गमा हत्या गरीएका बन रक्षक गणेशबहादुर शाहीकोे जाजरकोट दशेरा ८, बडाबन स्थित घरमा पुगेर पिडित परिवारलाई सम्बेदना दिदै ।
तस्वीर ः बद्री पन्त जाजरकोट