बद्री पन्त
जाजरकोट २८, पुस
जाजरकोटको ढीमे १, दम्दालामा ट्याक्टर दुघर्टना हुँदा एक जनाको मृत्यु भएको छ । भने दुई जना घाईते भएका छन् ।
भे १ त ५७०७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा भेरीमालिका नगरपालिका २, पोखराका २६ बर्षिय हरिबहादुर पुनको घटना स्थलमै मृत्यु भएको छ । सदरमुकाम खलंगाबाट शिक्षाको लागि खाद्य कार्यक्रम अन्र्तगत पौष्टिक आहार लिटो लिएर खुर्पा तर्फ गएकोे ट्याक्टर दुर्घटना भएको हो ।
घटनामा ट्याक्टर चालक सुर्खेत राकमका लालबहादुर चँदारा र सहचालक ढिमे ५, खुर्पाका सदवीर वि.क. घाईते भएका छन् । प्रहरी चौकी पाँचकाटियाबाट गएको प्रहरी टोली र स्थानियले घाईतेको उद्धार गरेका छन् । घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल ल्याइएको प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिनु भयो । उक्त मालबाहक ट्याक्टर ब्रेक फेल हुँदा सडकदेखि १ सय मीटर तल खसेको थियो ।