जनता फकाउन गाउँमा दलहरु

बद्री पन्त
जाजरकोट २८, पुस
मुलुकको नयाँ संविधान र संरचना अनुसार सरकारले स्थानीय निकायको चुनावको मिति घोषणा गर्ने हल्ला चलेपछि जाजरकोट स्थित प्रमुख राजनैतिक दलहरु  गाउँ पसेका छन् । 15941121_1241934779224073_7307883350949488388_n
पार्टीको  केन्द्रिय र जिल्ला स्तरका विभिन्न कार्यक्रमहरुको वहाना गर्दै उनीहरु  आगामी स्थानीय  तहको निर्वाचनको तयारीका लागि  जनता फकाउन गाउँ पसेका हुन् । 15940807_1241934935890724_348780549081984736_n
संसदको सवै भन्दा ठुलो दल नेपाली काँग्रेसले  गाउँ जागरण अभियान भन्दै गाउँ गाउँमा  आमसभा र जनता भेटघाट कार्यक्रम गरिरहेको छ भने  दोस्रो ठुलो दल नेकपा एमालेले  पनि  नयाँ संविधान कार्यन्वयनका लागि  जागरण अभियान भन्दै गाउँमा  जनता भेटघाट र  आमसभाका कार्यक्रमहरु गरिरहेको छ ।15894501_1241918099225741_8404845835565571831_n
त्यस्तै  संसदको तेस्रो ठुलो दल नेकपा माओवादी क्ेन्द्रले पनि गाउँ जागरण अभियान तथा पार्टी एकता अभियान भन्दै  जिल्लाका गाउँ गाउँमा  विभिन्न प्रशिक्षण भेटघाट तथा आमसभा गरिहेको छ ।
आफुहरुले आगमी चुनावलाइ नै  लक्षित गरेर  गाउँमा पार्टीका गतिविधिहरु अघि वढाएको  जिल्ला स्तरीय नेता कार्यकर्ताहरु वताउछन् ।  जिल्लाको पुर्वी  भेगमा अहिले नेपाली काँग्रेसले  आफना गतिविधि गरिरहेको छ भने  उत्तरी तथा पस्चिमी भेगका  गाउँहरुमा नेकपा माओवादी केन्द्रले  आफना  गतिविधिहरु गरिरहेको छ । एमालेले पनि जिल्ला व्यापी रुपमा   चार महिने अभियान चलाएको छ ।
१९ वर्ष पछि हुने स्थानीय  तहको  निर्वाचनका लागि दलहरु जनताको मत आफनो पक्षमा पार्न मिति घोषणा हुनु अघि नै कस्सिएका छन् । एमालेले आफनो राष्ट्रियकार्यक्रमको वहाना गर्दै जिल्लामा जनता भेटघोट अभियानलाइ तिव्र वनाएको छ ।
अव हुने स्थानीय तहका निर्वाचनका लागि जनतालाइ तयारी अवस्थामा  राख्न र कार्यकर्ताहरुलाइ जागरुक वनाउन  गाउँ जागरण अभियान जिल्ला व्यापी वनाइएको नेपाली कागँ्रेसका सभापति दिपकजंग शाहले वताए ।
एमाले जाजरकोटका अध्यक्ष करवीर शाहीले  पार्टीको  केन्द्रिय कार्यक्रम अनुसार संविधान कार्यान्वयनका लागि दवाव दिन  जागरण अभियानमा आफुहरु सक्रिय रहेको र यसले आफुहरुलाइ स्थानीय तहको निर्वाचनलाइ पनि लक्षित गरिएको  वताए ।
यस्तै  नेकपा माओवादी केन्द्रका  नेता पुर्णदेव शर्माले चुनावको पुर्व तयारीका  रुपमा  आफुहरु गाउँ जागरण अभियानमा सक्रिय रहेको  वताए ।  प्रमुख दलहरुले जिल्ला स्तर र केन्द्रिय स्तरका नेताहरु लिएर गाँउ जागरण अभियानमा  लागेका छन् ।
२०४९सालको स्थानीय निकायको निर्वाचनमा  नेपाली काँग्रेसले वढी सिट जितेको थियो भने   २०५४को स्थानीय चुनावमा एमालेले  वढी सीट जितेको थियो  ।  जिल्ला विकास समितिमा भने  २०४९मा राप्रपा र २०५४मा एमालेले नेतृत्व गरेको थियो ।
अहिले  राज्य पुर्नसरंचना आयोगले जाजरकोटका लागि तीन नगरपालिका र चार गाँउपालिका हुने भनी  सिफारिस गरेको  छ ।  जिल्लामा स्थानीय तहमा  प्रमुख तीन दल काँग्रेस  एमाले र नेकपा माओवादी केन्द्रकै विचमा  कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।

प्रकाशित मितिः २८ पुष २०७३, बिहीबार १२:५०

Leave a Reply

Your email address will not be published. Required fields are marked *