न्याय खोज्दै हिंसा पिडित महिला

बद्री पन्त
जाजरकोट २८, पुस
जाजरकोट ढिमे ६, सिमलगाउ“की ३३ बर्षिया जुँवाला सिंह घरेलु हिंसाबाट मुक्ति पाउन सदरमुकाम खलंगा पुगेकी छन् । पति दिपकको कुट्पिट तथा यातनाबाट आक्रान्त सिंह न्याय खौज्दै सदरमुकाम स्थित विभिन्न संघ संस्थामा धाउन थालेकी हुन् ।IMG_7667
श्रीमान दिपकले ४ बर्ष यता नियमित जसो शारीरिक तथा मानसिक यातना दिने गरेपछि पिडा सहन जु“वाला न्याय खोज्न वाध्य भएकी हुन् । ४ सन्तानकी आमा उनी यतिबेला घर न घाटकी बनेकी छन् । पतिको यातना खप्न नसकी उनी ११ महिनाकी छोरीलाई काखी च्यापेर ४ दिनदेखि महिला तथा बालबालिका कार्यालय, जिल्ला प्रहरी कार्यालय लगाएत निकायमा धाउने गरेकी छन् । श्रीमानले दैनिक मदिरा सेवन गरेर कुटपिट गर्ने गरेपछि हिंसा सहनै नसकी न्यायको लागि सदरमुकाम आउन वाधय भएको जु“वालाले बताइन् । IMG_7670
हरेक दिन मदिराले मात्तिएर आउने अनि छोराछोरी, ७० बर्षीय आमा मुना र मलाई जथाभावी कुट्पिट गर्ने गरेको उनले बताईन् । ‘अन्धाधुन्द जेपायो त्यसैले हिर्काउने गर्दा ज्यान जोगाउनै कठिन छ । कुटपिट्बाट दाहिने नचल्ने भएको छ । गाउँका जान्ने बुझ्ने र प्रहरी चौकी पैंकमा पटक पकट उजुरी दिदा पनि न्याय नपाएको उनले बताइन् । श्रीमानले मदिरा सेवन गरेर घरमा आएर यातना दिने गरेको उनको भनाइ छ ।
पतिको यातना सहन नसकेर घर छाडेको ११ दिन वितेको छ । न्याय नपाएसम्म घर नफर्कने उनको भनाइ छ । मेरो जीवन रक्षा गरीदिनुहोस्,’ आ“खाबाट आ“शु झार्दै उनले भनीन् । सदरमुकाममा उनलाई खाने, बस्ने समेत समस्या भएपछि  महिला तथा बालबालिका कार्यालयले उनलाई बुधबार ३ हजार आर्थिक सहयोग उपलब्ध गराएको छ । उनले जिल्ला प्रहरी र तथा महिला बालबालिका कार्यालयमा लिखित उजुरी समेत दिएकी छन् ।
यस जिल्लामा घरेलु महिला हिंसाका घटना बढेका छन् । घरेलु हिंसाबाट पिडित हुने बढी महिला नै छन् । मदिरा सेबन नै महिला हिंसाको मुख्य कारण भएको महिला तथा बालबालिका अधिकृत सकुन्तला आर्चायले बताउनु भयो । कार्यालयमा दैनिक ५ वटा सम्म घरेलु हिंसाका उजुरी पर्ने गरेका छन । यहा“का ६० प्रतिशत महिला घरेलु हिंसाबाट पिडित रहेको कार्यालयले जनाएको छ । हिंसाकै कारण जाजरकोट अदालतमा सम्बन्ध विच्छेद गर्नेको संख्या पनि बढी नै भएको आचार्यको भनाई छ ।

प्रकाशित मितिः २८ पुष २०७३, बिहीबार १३:०९

Leave a Reply

Your email address will not be published. Required fields are marked *