बद्री पन्त
रुकुम चौरजहारी १, माघ
शान्ति तथा पुर्ण निर्माण मन्त्री सीतादेवि यादवले देशमा हत्या हिंसा तथा काटमार राजनितीको अन्त्य भएमा मात्र शहिदको सपना साकार हुने बताउनु भएको छ । नेपाली कांग्रेस रुकुमले चौरजहारीमा आयोजना गरेको शहिद हरिभक्त ओलीको १८ औं स्मृती सभा तथा लोकतान्त्रिक खेलकुद संघ रुकुमको जिल्ला स्तरीय भेलालाई संवोधन गर्नु हुदै मन्त्री यादवले यस्तो कुरा बताउनु भएको हो ।
हत्या हिंसा तथा काटमार राजनितीको अन्त्य नभएसम्म देशमा शान्ति नहुने बताउनु भयो । यो देशमा कांग्रेसले मात्र शान्ति चाहेको उहाँको भनाइ छ । शहिदका टुहुरा बालबालिकालाई उचित छात्रबृती व्यवस्था तथा घाईते, अपाङ्ग भएका व्यक्तिहरुका लागि बिशेष राहात कार्यक्रम ल्याइएको उहाँले बताउनु भयो । द्धन्द्धमा ध्वस्त पारिएका संरचना निर्माणमा आफुले जोड दिएको बताउनु भयो । ध्वस्त संरचना निर्माणका लागि ३० अर्ब बजेट आवश्यक रहेको भन्दै सरकारसंग सो बजेट माग गरेको मन्त्री यादवले बताउनु भयो । आफु पनि शहिद परिवार नै भएकाले शहिद परिवारको पिरमर्का र भावना बुझेको बताउनु भयो । मान्छे मारेर संघठन समाप्ती नहुने भन्दै कार्यकर्तालाई गाउँगाउँमा गएर संघठन विस्तारमा लाग्न निर्देशन दिनु भएको छ ।
त्यसैगरी मन्त्री यादवले संविधान संसोधन हुनु पर्ने बताउनु भएको छ । संसोधन गरेर जाँदा मात्र संविधान कार्यान्वयन हुने बताउनु भएको छ । कार्यक्रममा गरिबी निबारण तथा सहकारी मन्त्री हृदयराम थानी, शहरी विकास राज्य मन्त्री मीठु मल्ल, केन्द्रिय सदस्य बद्री पाण्डे लताएत नेता रुकुम चौरजहारी पुग्नु भएको थियो ।