बद्री पन्त
जाजरकोट २, माघ
जाजरकोट प्रहरीले प्रतिबन्धित जटिबुटी ३ किलो पा“चऔंल सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले डोल्पा, नर्कु १ का ६७ बर्षीय नामबहादुर बोहरालाई पक्राउ गरेको छ ।
३ किलो पा“चऔंले प्रहरीले खगेनकोट ८, मैदेमा भे १ ज ५७६ नम्बरको यात्रुबाहक जीवलाई चेकजा“च गर्ने क्रममा नेपालगंज तर्फ जान लागेका बोहरालाई उक्त जटीबुटी सहित पक्राउ गरेको हो । बोहराको झोला जा“च गर्दा लुकाई छिपाई विक्रीका लागि नेपालगंज तर्फ लैजा“दै गरेको पा“चऔंले फेला परेको प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिनु भयो । बोहरालाई आवश्यक कारबाहीका लागि जिल्ला बन कार्यालयमा बुझाएर थप अनुसन्धान भईरहेको छ ।