माया पन्त
जाजरकोट ३, माघ
सिंचाई आयोजनालाई द्वीगो र उपलब्धीमुलक बनाउन सम्बन्धित उपभोक्ताले तालिम लिएका छन् । नेपाल सरकार तथा स्वीस सरकारको आर्थिक सहयोगमा जिल्ला विकास समिति अन्र्तगतको साना सिंचाई कार्यक्रमले १९ सिंचाई कुलो योजनाका १ सय उपभोक्तालाई निर्माण गुणस्तर, मर्मत, संरक्षण लगाएत बारे तालिम दिएको हो ।
हचुुवामा विकास योजना निर्माणले द्वीगो नहुने र बजेट बालुवामा पानी हले झैं हुने हु“दा उपभोक्तालाई तालिम दिएको कार्यक्रम संयोजक ईन्जिनियर महेश ढुंगानाले बताए । ‘यहा“का उपभोक्तामा योजनालाई कसरी द्वीगो रुपमा प्रतिफल दिने बनाउने भन्ने ज्ञान नभएको पाइयो,’ उनले भने । एउटै योजनामा पटक पटक बजेट जाने तर निर्माण गुणस्तर नहुने समस्या देखिएको ईन्जिनियर ढुंगानाले बताए । उपभोक्तालाई योजनाको डिजाइन इस्टीमेट, निर्माण्ँ कार्यको गुणस्तर नियन्त्रण, गुणस्तरीय औजार तथा समाग्रीको खरीद, वित्तीय पक्ष, श्रमदान, रकम निकासा तथा ब्यबस्थापन, योजना प्रति अफनत्व, समावेशी सहभागिता लगाएत बारे प्रशिक्षित गरेको उनले बताए । ‘जस्ले गर्दा योजना गुणस्तरीय तथा उपलब्धीमुलक हुन्छ,’ उनले भने ।
ताालिम लिएका उपभोक्ताले योजनामा निकासा भएको रकमको सदुपयोग गर्ने उनले बताए । विगतमा योजनामा गएको बजेटको दुरुपयोग हुने गर्दा विकासले गति नलिएको उनले बताए । कार्यालयसग सम्झौता भैसकेका योजनाका अध्यक्ष, कोषाध्यक्ष, सचिव, ज्यामी लगाएत लाई ३ दिन सम्म उक्त तालिम दिएको ढुंगानाले बताए । चालु आर्थिक बर्षमा ३५० हेक्टर खेती योग्य जमिनका १९ सिंचाई आयोजनाका लागि ५ करोड ३५ लाख खर्च हुने ढुंगानाले बताए । योजना अवधी भरका लागि २ सय ५० मजदुरको बीमा समेत गरेको उनले बताए । कुनै पनि योजनाको गुणस्तरीय निर्माणका लागि सिकाई तालिम जरुरी भएको साङ्खखोला सिंचाई योजना सचिव अरविन्द बहादुर सिंहले बताए । तालिमले उपभोक्तालाई सक्षम बनाएको सिंहले बताए ।
यस जिल्लामा स्थानीय उपभोक्ताद्वारा निर्मित अधिकांश योजनाबाट द्वीगो उपलब्धि नहुने गरेको छ । सिमेण्ट, छड, काठ लगाएत कम्सल निर्माण सामाग्रीको प्रयोग र अदक्ष उपभोक्ता तथा ज्यामीले निर्माण गरेका सिंचाई कुलो, खानेपानी, भवन र सडक योजना बर्ष नपुग्दै मर्मत गर्न बजेटको माग हुने गरेको छ । जिल्ला विकास समिति, नगरपालिका, गाउ विकास समिति, शिक्षा लगाएत कार्यालय अन्र्तगत संचालन हुने अधिकांश योजनाको निर्माण गुणस्तरहीन हुने गरेका छन् ।