वन किसानलाई तालिम

माया पन्त
जाजरकोट ४, माघ
जिल्ला वन कार्यालयको आयोजनमा कवुलियती वन किसानलाई एक दिने तालिम दिइएको छ । किसानलाई जडीवुटी गैर काष्ठ वन पैदावार विरुवा खेती विस्तार तथा व्यवस्थापन सम्वन्धीत क्षेमता अभिबृद्धि गर्न र उपलब्धीमुलक बनाउन सम्बन्धित उपभोक्तालाई तालिम दिइएको हो । IMG_8152
कवुलियती वनमा आवद्ध रहेका गरीब तथा विपन्न परिवारको जीवन स्तरमा आय आर्जनका क्रियाकलाप सन्चालन गरेर उनीहरुको जीवन स्तरमा परिवर्तन गर्ने गरी कार्यक्रम सन्चालन हुदै आएको छ । तालिममा लहँ, सक्ला, खगेनकोट, डाडागाउँ, रोकायगाउँ, नायकवाडा, दह, कोताङ्ग, साल्मा, मजकोट गाविसका कवुलियती वनमा आवद्ध २० जना किसान तालिम सहभागि रहेका छन् । तालिमको सहजीकरण साहेक वन अधिकृत नेपाली साहले गरेका छन् ।
जिल्लामा १ लाख २९ हजार १ सय २१ हेक्टर वन क्षेत्र रहेको छ । जस्मा सामुदायिक वन २ सय ६५, कवुलियती वन ६७, निजी वन १ वटा रहेका छन् । सामुदायिक वन, कवुलियती वन ३६ हजार हेक्टर तथा ९४ हजार हेक्टर राष्ट्रिय रहेको छ

प्रकाशित मितिः ४ माघ २०७३, मंगलवार १०:०९

Leave a Reply

Your email address will not be published. Required fields are marked *