१२ लाख बढी राजस्व संकलन

बद्री पन्त
जाजरकोट ५, माघ
जिल्ला वन कार्यालय जाजरकोटले वन पैदावार निकासीबाट १२ लाख २४ हजार राजस्व संकलन भएको जनाएको छ । चालु आर्थिक वर्षको सात महिनामा सो राजस्व संकलन भएको हो ।DSC09867
जिल्लाबाट टिमुर ४१ हजार ८० किलो, बिसजरा २ हजार ५ सय ५०, साधारण च्याउँ ५ हजार, सेतक चिनी जरा ११ हजार ४ सय, अमलबेद २४ हजार, पाँखनवेद १५ हजार, जटामसी ६ हजार १ सय, बीसजरा ३ हजार, कुट्की ३ सय, सुगन्धवाल २ हजार १ सय, सिस्नो १ हजार ४ सय, पदमचाल ३३ हजार ७ सय ५०, काउलो १ सय ५०, तेजपात ८ हजार, रिठा १५ हजार, भीर मौरीको १ हजार, अल्लो ४ सय, गुडमार ५ हजार लगाएत १७ प्रकारका वन पैदावार वस्तु जिल्ला वाहिर निकासी भएको साहेक वन अधिकृत नेपाली साहले बताए ।  पदमचालबाट र टिमुरबाट बढी राजश्व संकलन भएको साहले बताए ।

प्रकाशित मितिः ५ माघ २०७३, बुधबार ०८:२१

Leave a Reply

Your email address will not be published. Required fields are marked *