सडक निर्माण तिव्र

माया पन्त
जाजरकोट ६, माघ
जाजरकोट–डोल्पा सडक खण्ड स्थित खलंगा  रिम्ना सडकको स्तर बृद्धिसंगै पिचको लागि निर्माण काम तिव्र गतीमा काम अगाडि बढेको छ । शान्तिचौतारा देखि कालेगाउँसम्मको ६ किलोमिटर सडक तीन बर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी काम सुरु भएको हो । IMG_8232

चार महिनाको अवधिमा खलंगाको तल्लोथाप्ले, स्याला हुदै कालेगाउँसम्मको ४ किलोमिटर सडक चौडा पार्ने, माटो कटीङको काम सकिएको छ । सडकको अहिले मेसिनरी वाल, नालि निर्माण, ग्याविन तार लगाउने कार्य भइ रहेको साइट इन्चार्ज प्रजीत लामाले बताए । २ किलोमिटर सडकका काम पुरा भएर पिचको लागि तयार भएको छ । ४ किलोमिटरको काम सकिएको छ, अब २ दिनभित्रमा शान्तिचौता देखि तल्लोथाप्लेको काम सुरु हुने लामाले बताए ।  सडकको ८ मिटर चौडाइ तथा साढे ५ मिटरमा पिच हुने उनले बताए । सडक डिभिजन कार्यालय चौरजहारीको ७ करोड ५० लाख लागत रहेको छ । सडक निर्माणको जिम्मा राजेन्द्र÷जलजला जेभी काठमाडौंले लिएको छ ।

तीन वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी काम सुरु गरिएको हो । पहिलो चरणमा शान्तिचौतारा देखि देखि सिम्नासम्मकोे १६ किलोमिटरमा ६ किलोमिटर पिचको काम थालेको हो यो सडकमा जीप र टयाक्टर हिउद्को समयमा गुड्ने गर्दछन् । सडकको स्तर बृद्धि गर्न थालेपछि स्थानियहरु खुसी भएका छन् । यो सडकमा ट्याक औपन गर्दा जिविस डिलिपको १६ किलोमिटरमा २६ करोड भन्दा वढीरकम खर्च भईसकेको छ । सडकको स्तर बृद्धि नभएका कारण बर्षामा हिलाम्मे र हिउदम धुलाम्मे हुने गरेका कारण स्थानियहरु समस्यामा भोग्दै आएका थिए ।

प्रकाशित मितिः ६ माघ २०७३, बिहीबार ०५:२५

Leave a Reply

Your email address will not be published. Required fields are marked *