६ बर्ष पछि बन्दै अस्पतालकोे प्रसुती केन्द्रको भवन

माया पन्त
जाजरकोट ६, माघ
जिल्ला अस्पताल जाजरकोटको प्रसुति कक्ष भवन ६ वर्ष पछि निर्माण हुने भएको छ । भवन निर्माणको जिम्मा लिएको निर्माण व्यवसायीले कामै छोडेर भागे पछि सो भवन ६ वर्षदेखि अलपत्र परेको थियो ।
भवन निर्माणको काम समयमा पुरा नहुदा महिलाहरुलाई सुरक्षित सुत्केरी सेवा लिन समस्या भएको छ । भवन अभावमा नियमित रुपमा सुरक्षित सुत्केरी सेवादिन समस्या हुदै आएको अस्पतालले जनाएको छ । प्रसुती गराउँन एउटा कोठामा ३÷४ जना महिलाहरु सुत्केरी हुन आए राख्ने ठाउँ नै छैन । ठेकेदारले भवन निर्माणको काम नगर्दा सेवा दिन कठिननाई परेको छ ।
शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतबाट आर्थिक बर्ष २०६८÷०६९ मा ठेक्का भई भवन निर्माणको जिम्मा फ्राइण्डस कन्स्ट्रक्सन प्रा. लि कोठेश्वर (३५) काठमाडौंले कामको जिम्मेवारी जाजरकोटका पेटी ठेकेदार बिश्व मल्लले लिएका थिए । २०६८÷१२÷२६ मा सम्झौता भैइ २०७०÷८÷२९ मा कार्य सम्पन्त गर्नु पर्ने सो भवन निर्माणको काम मल्लले अपलपत्र पारेर छोडेका थिए । भवनमा रुख विरुवा उम्रीएका थिए ।
भवनको १ करोड १६ लाख ८५ हजार ठेक्काको भवन निर्माणको काम निर्माण व्यवसायीले ७४ लाख ६६ हजारमा लिएका थिए । मल्लले १५ लाख वढी रकम भुत्तानी लगि सकेको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । व्यवसायीलाई पटक पटक ताकेता तथा पत्र पत्रिकामा सुचना जारी गरेको थियो । भवन निर्माणको काम अलपत्र परेको र काम नगर्ने व्यवसायीलाई कालो सुचिमा राख्ने प्रक्रीया अघि बढाएपछि अहिले भवन निर्माणको काम अगाडि बढेको पेटी ठेकेदार डिल्ली प्रसाद न्यौपानेले बताए । अव ४८ लाख रकम छ त्यसैबाट असार मसान्तमै भवन निर्माण गर्ने गरी काम अगाडि बढेको उनले बताए ।

प्रकाशित मितिः ६ माघ २०७३, बिहीबार ०७:३८

Leave a Reply

Your email address will not be published. Required fields are marked *