जाजरकोट काँगे्सको अत्याधुनिक बि.पी. स्मृति भवन बन्ने

बद्री पन्त
जाजरकोट ७, माघ
नेपाली काँगे्रस जाजरकोटले अत्याधुनिक पार्टी कार्यालय तथा बि.पि स्मृति भवन निर्माण गर्ने भएको छ । भवन निर्माणका लागि थाप्लेमा विहिबार जग्गा उपलव्ध भएपछि भवन बन्ने भएको हो ।
भवन निर्माणका लागि लामो समय देखि सदरमुकाम भित्र जग्गा खोजी गरिएको थियो । तर उपयुक्त ठाउँमा अत्याधुनिक भवन निर्माणको लागि जग्गा फेला नपरेको सभापति दिपक जंग शाहले बताउनु भयो । पिपलडाडाका हरीजंग शाहको कोइरेलीमा रहेको जग्गा भीरालो तथा निर्माण सामग्री पुर्यान कठिन रहेको र अत्याधुनिक भवनका लागि उपयुक्त नभएपछि माथेल्लो थाप्लेका महेश जंग शाहको ८ आना जग्गा २२ लाखमा किनेको शाहले बताउनु भयो । भवन निर्माणका लागि जग्गा प्राप्त भएको छ, अवको केहि दिन भित्रमा निर्माणको काम अगाडि बढ्ने शाहले जानकारी दिनु भएको छ । भवन निर्माण गर्नका लागि दुर्गम क्षेत्र विकास समितिको कार्यालयबाट ३२ लाख रकम उपलब्ध भएको सभापति शाहले बताउनु भएको छ । भवन निर्माणको काम दुरत गतिमा अगाडि बढ्छ, शाहले भन्नु भयो । यसका लागि आर्थिक संकलनको काम भइ रहेको छ । दुई वर्ष भित्रमा नै अत्याधुनिक भवन निर्माण गरेर देखाउने सभापति शाहको भनाई रहेको छ ।
भवन निर्माणको लागि काँग्रेसी हातहरुले सहयोग गर्न सकिने भवन निर्माण आर्थिक समिति संयोजक सर्वराज रावतले जानकारी गराउनु भएको छ । भवन निर्माणका लागि काँगे्रसका क्रियाशिल कार्यकर्ता, शिक्षक संघ, महिला संघ, विद्यार्थी संघ, किसान संघ, तरुनदल लगाएत विभिन्न भातृसंघहरुले पनि आर्थिक सहयोग गर्न सकिने रावतको भनाई छ । भवन निर्माणका लागि २५ हजार भन्दा माथि आर्थिक सहयोग व्यक्ति तथा संस्थाको नाम सिलालेखमा उल्लेख गरिने संयोजक रावतले बतानु भएको छ ।

प्रकाशित मितिः ७ माघ २०७३, शुक्रबार ०१:३३

Leave a Reply

Your email address will not be published. Required fields are marked *