मपमा वार्षिक दश प्रतिशतले आयोनूनको माग बढ्दै

ढिके नूनको माग घट्दै
आकाश तारा बयक
नेपालगञ्ज, ९ माघ ।
मध्यपश्चिमाञ्चलमा वर्षेनी आयोनूनको माग बढ्दै गईरहेको छ । आयोनूनको प्रचारप्रसार तथा आमसर्वसाधारणमा आएको सचेतना कारण वर्षेनी माग बढ्दै गएको हो ।
साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड अञ्चल कार्यालय नेपालगञ्जका अनुसार मध्यपश्चिममा वार्षिक दश प्रतिशतले आयोनूनको माग बढ्दै गईरहेको छ । यस क्षेत्रमा सबै भन्दा बढी आयोनून दाङ र सबै भन्दा कम रोल्पामा खपत हुने गरेको छ । कार्यालयका प्रमुख विनोदकुमार चौधरीले मध्यपश्चिमका १५ जिल्लामा वार्षिक दुई लाख क्वीन्टल नून खपत हुँदै आएको जनाए । उनले सबैभन्दा बढी वार्षिक ७५ हजार क्वीन्टल दाङमा र सबै भन्दा कम रोल्पामा १५ सय क्वीन्टल आयोनून खपत हुने गरेको बताए । उनका अनुसार यस क्षेत्रमा वर्षेनी जनसंख्या बृद्धि, बसाई सराई, जनचेतनाको स्तरमा बृद्धि र प्रचार प्रसारका कारण आयोनूनको माग बढ्दै गईरहेको छ ।
‘पछिल्ला वर्षमा मध्यपश्चिमका १५ जिल्लामा दुई बालबालिकाको चिह्न भएको आयोडिन नूनका उपभोक्ताको संख्यामा बढ्दै गईरहेको छ,’ उनले भने, ‘आयोडिन नूनबारे गरिएका प्रचारप्रसार तथा सचेतनाका कारण प्रयोगकर्ताको संख्यामा बृद्धि भएको हो ।’ दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, जुम्ला, कालिकोट, सल्यान, रुकुममा आयोडिनयुक्त नूनको प्रयोग बढेको उनले बताए ।

उनका अनुसार चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा ती जिल्लामा एक लाख २५ हजार क्वीन्टल आयोडिनयुक्त नून विक्री भएको छ । विगतका प्रचारप्रसारले गर्दा जनचेतनामा आएको सकारात्मक परिवर्तनले नूनको माग बढेको चौधरीले बताए । गत वर्ष २०७२÷०७३ मा दुई लाख क्वीन्टल आयो नून विक्री भएको छ । तर, सो अवधिमा ढिके नून केवल ८३ हजार ७ सय ३६ क्वीन्टल मात्र विक्री भएको थियो । यस्तै चालु आवको पछिल्लो ६ महिनामा ढिके नून ४४ हजार ६ सय ६९ क्वीन्टल विक्री भएको छ ।
साल्ट टेड्रिङले वर्षेनी फ्रेबुअरी महिनालाई आयोडिन मन्थका रुपमा मनाउने र आयोडिनसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गर्दै आएको छ । ती कार्यक्रमबाट उपभोक्ताले आयोडिनको कमीले गलगाँड, गर्भ तुहिने, सुस्तमनस्थिति, बामपुड्के र लाटोलठेब्रोलगायत स्वास्थ्य समस्या हुने जानकारी पाएपछि आयोडिन नूनको प्रयोग बढेको कार्यालयको दाबी छ ।
मध्यपश्चिममा पछिल्लो ६ महिनामा एक लाख २५ हजार क्वीन्टल आयोनून खपत भएको छ । कार्यालयको तथ्यांङ्क अनुसार गत वर्ष मध्यपश्चिमका १५ जिल्लामा दुई लाख क्वीन्टल नून खपत भएको छ ।
आंशिक अनुदान उपलब्ध गराउँदै आएको रासायनिक मल विगत चार वर्षदेखि साल्ट टे«डिङले कुल परिमाणको करिब ३० प्रतिशत विक्री गर्दै आईरहेको छ । टे«डिङले सहुलियत मूल्यको रासायनिक मलको विक्री शुरु गरेपछि यस क्षेत्रका कृषकले सहजरुपमा मल पाउँदै आईरहेको अञ्चल प्रमुख चौधरी बताउँछन् । उनले चालु आवको प्रथम चौमासिकमा ८६ हजार दुई सय ७८ क्वीन्टल रासायनिक मल विक्री भएको जनाए । उनका अनुसार गत वर्ष एक लाख २२ हजार ६ सय ७५ क्वीन्टल विक्री एको थियो ।

प्रकाशित मितिः ९ माघ २०७३, आईतवार १०:३४

Leave a Reply

Your email address will not be published. Required fields are marked *