सुर्खेत बुलबुले यातायातले ल्यायो जेष्ठ नागरिकलाई निशुल्क सेवा

सुर्खेत, १३ माघ ।
सुर्खेत बुलबुले यातायात प्रालिले जेष्ठ नागरिकलाई निशुल्क सेवा शुरु गरेको छ । प्रालिले आफ्ना सबै रुटहरुमा विहीबारदेखि प्रत्येक गाडीमा ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई निशुल्क सेवा शुरु गरेको हो ।
प्रालिका अध्यक्ष लोकबहादुर थाडामगरले विहीबार वीरेन्द्रनगरदेखि नेपालगञ्ज जान लागेका कालिकोट बदालकोट–२, का अनिपाल शाहीलाई निशुल्क फ्रि पास दिएर सेवा शुरु गरेका हुन् । उनले जेष्ठ नागरिक शाहीलाई उक्त निशुल्क फ्रि पास दिएर आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सेवा शुरु गरिएको जनाए । उनका अनुसार सेवा लिनका लागि सेवाग्राहीले आफू ७० वर्ष भन्दा माथि उमेर भएको प्रमाणपत्र देखाउनु पर्नेछ ।

सेवाग्राहीलाई आकर्षित गर्न प्रालिले आफ्ना सबै सवारी साधानमा महिला, बालबालिका र अपाङ्गलाई विशेष सीटको व्यवस्था गरिएको उनले बताए । प्रालिले सुर्खेत सदरमुकाम वीरेन्द्रनगरदेखि कालिकोट, जुम्ला, दैलेख, नेपालगञ्ज, सेवा दिँदै आएको छ । प्रालिका सचिव सोनाम लामाले सेवाग्राहीलाई सहज तथा सुलभ सेवा दिनका लागि प्रालिले छिट्टै नयाँ प्याकेज कार्यक्रम ल्याउन लागेको जानकारी दिए । उनले प्रालिका सबै लग्जरी गाडीबाट सहुलियत मूल्यमा मुगु रारा प्याकेज ल्याउन लागिएको बताए । उनका अनुसार प्रालिले छिट्टै जाजरकोट, पश्चिम सुर्खेतको बड्डीचौर, लगाम बेतानसम्म सेवा पु¥याउँदैछ ।

प्रकाशित मितिः १३ माघ २०७३, बिहीबार ०९:२४

Leave a Reply

Your email address will not be published. Required fields are marked *