खलंगा अ“ध्यारै चौरजहारी झिलीमिली

बद्री पन्त
जाजरकोट १४, माघ
जाजरकोट सदरमुकाम खलंगा अ“ध्यारै छ । विद्युत प्राधीकरणको लापरबाहीले केन्द्रिय प्रसारण लाईन नपुग्दा सदरमुकाम खलंगा अ“ध्यारो भएको हो । तर रुकुमको चौरजहारीमा भने मंगलवार देखि विजुली झिलीमिली भएको छ ।
विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले भेरीमालिका नगरपालिका १३, कुदुबाट भेरी नदी तारेर चौरजहारीमा केन्द्रिय लाईन वितरण गरेपछि झिलीमिली भएको हो । सब स्टेशन निमार्णाधीन स्थल कुदु बजार पनि अ“ध्यारै छ । उर्जा मन्त्री जर्नादन शर्माको ठाडो निर्देशनमा वितरण केन्द्रले कुदुमा विद्युत वितरण नगरेरै रातारात चौरजाहरी केन्द्रिय लाइन पुर्याएको हो । वितरण केन्द्रले चौरजहारीमा ११ केभी प्रसारण लाईन वितरण गरेको हो । जाजरकोटको सदरमुकाम खलंगा पुरयाउनु पर्ने केन्द्रिय लाइन मन्त्री शर्माको निर्देशनमा रुकुमको चौरजहारी पुगेको हो । सदरमुकाममा विजुली बाल्न त परै जाओस तार तान्ने कार्य समेत अलपत्र परेपछि जाजरकोटबासीको उज्यालोमा बस्ने सपना पुरा नहुने भएको सरोकार समितिका संयोजक अमरसिंह राठौरले बताए ।
३ बर्ष अघि नै केन्द्रिय लाइन पुर्याएर खलंगा भिलीमिली पार्ने धोको अुधुरो रहेको संयोजक राठौरले बताए । ‘सदरमुकाम खलंगा सम्म केन्द्रिय लाइन पुरयाउनका लागि २०६८ सालदेखि सुर्खेतको राकम स्थित सब स्टेशनबाट पोल तथा तारको कार्य शुरु भएको थियो । तर सम्बन्धित पक्षको लापरबाहीले ६ बर्ष वित्दा पनि खलंगामा तार जोड्ने काम समेत हुन सकेन,’ राठौरले भने । ‘सुर्खेत, रुकुम र दैलेखका गाउ गाउमा केन्द्रिय लाइनको विजुली झिलीमिली छ । राजनितिक पहु“चकै आधारमा विकासले गति लिने रहेछ । उनले भने । केन्द्रिय लाईन विजुली आउला भनेर जाजरकोटका बासिन्दा कुरेको आधा दशक भैसक्यो’ । विजुली नहुदा सरकारी कामकाजका साथै पुर्वाधार विकास, उद्योग ब्यापार, जनजीवन लगाएतमा प्रभाव परेको राठौरले बताए । सुर्खेतको राकम देखि कुदु सम्मको पोल गाड्ने तथा तार तान्ने कार्य नरेन्द्र निर्माण सेवा काठमाण्डौंले गरेको थियो ।
आर के इन्टरनेशनल काठमाण्डौं र सुर्खेत वितरण केन्द्रको लापरबाहीले कुदुमा सब स्टेशन निर्माणमा ढिलाई भएको छ । ५ करोड लागतमा ठेक्का सम्झौता भएको ३ बर्ष वित्दा पनि ब्यबशायीले सब स्टेशन पुर्वाधार निर्माण कार्य पुरा गर्न सकेका छैनन् । उक्त कार्यका लागि वितरण केन्द्रले ताकेता पनि नगरेको पाइएको छ । त्यस्तै वितरण केन्द्रले  कुदुदेखि खलंगा सम्मको तार तान्ने कार्यमा पनि ताकेता गरेको छैन । मन्त्री तथा पहुचवाला नेताको क्षेत्रमा रातारात कार्य हुने र पहु“च नहुनेको क्षेत्रमा बर्षौं सम्म अलपत्र पर्ने गरेको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले बताए । करोडौं खर्चेर कुदुसम्म पुगेको विजुली तार खलंगा नजोडिएको शाहले बताए ।
नियमित विद्युतीकरण कार्यक्रम अन्र्तगत खलंगा सदरमुकाममा आगामी फागुन सम्म विजुली पुरयाउने लक्ष्य रहेको सुर्खेत केन्द्रका प्रमुख दिपक कुमार चौधरीले बताए । जस् अन्र्तगत सुर्खेतको राकमबाट ११ केभी प्रसारण लाइन छाडेर चौरजहारी वितरण गरेको उनले बताए । कुदुमा निर्माणाधीन सब स्टेशनको कार्य पनि आगामी असारसम्म सम्पन्न हुने उनले बताए । खलंगा सम्म लाइन वितरण गर्नका लागि ८० पोलमा तार तान्ने कार्य बा“की रहेको चौधरीले बताए ।

प्रकाशित मितिः १४ माघ २०७३, शुक्रबार ०६:१८

Leave a Reply

Your email address will not be published. Required fields are marked *