जाजरकोट १४, माघ
जाजरकोट सदरमुकाम साउनेपानी सामुदायिक बन भेरीमालिका नगरपालिका १ मा अवैत खोटा संकलन भएको छ । उपभोक्ता समिति, ईलाका बन कार्यालय खलंगाका कर्मचारी र खोटो कम्पनीको मिलोमतोमा अवैध तवरले खोटो संकलन भएको हो ।
जिल्ला बन कार्यालयको अनुमती विना र प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन विना उक्त बनमा खोटो संकलन भएको हो । कानुनी मापदण्ड पुरा नगरेरै ग्लोवल केमिकल्स प्रा लि अत्तरिया, कैलालीले अवैधरुपमा साउनेपानी सामुदायिक बन क्षेत्रमा खोटो संकलन गर्दै आएको छ । जथाभावी खोटो संकलनबाट सल्लाघारी बन नष्ट भएको उपभोक्त दिनेशजंग शाहले बताए । ‘खोटो संकलन गैरकानुनी छ । यसबारे जिल्ला बन कार्यालयले पनि वेवास्स्ता गरेको छ,’ उनले भने । सानादेखि ठुला कुनैपनि सल्लाका रुख बा“की नराखेर खोटो संकलन हुने गरेको शाहले ताए । जिल्ला बनमा पटक पटक जानकारी गर्दा पनि वास्ता नभएको शाहले बताए । स्थानीय उपभोक्तालाई कानुनी प्रकृया पुरा भएको भन्दै कम्पनीले ६ हजार किलो खोटो लिएको उनले बताए । उक्त खोटोको राजश्व समेत अशुली नभएको शाहको भनाई छ ।
मापदण्ड विपरित खोटो संकलन हुनेमा साउनेपानी त उदाहरण मात्र हो । जाजरकोटका दर्जनौं बनजंगलमा अवैध खोटो संकलन हुने गरेको पाइएको छ । जथाभावी खोटो संकलनाट २३ गाउ विकास समितिका ९६ सामुदायिक बनका खोटे सल्ला सुक्दै गएका छन् । गैरकानुनी खोटो संकलनका कारण जु“गाथापाचौर ९ को नाहाडा सामुदायिक बन, चिन्ते डा“डा सामुदायिक बन, बल्ले सामुदायिक बन र कार्काीगाउ २ को चामेपातल समुदायिक बनमा भएका १० हजार खोटे सल्ला सुकेको स्थानीय सुरेन्द्रबहादुर बुढाले बताए । ‘जिल्लाभर खोटो तस्करी दिन प्रतिदिन बढ्दै गएको छ । तर सरोकारवाला निकाय मौन तथा बेखबर छ,’ उनले भने । खोटो संकलन कार्यविधि २०६४ विपरित यस जिल्लामा खोटो संकलन भै रहेको उनले बताए । जाजरकोटमा ९ खोटो कम्पनीले मापदण्ड विपरित खोटो संकलन तथा चोरी निकासी गर्दै आएका छन् । कमपनीले १६ बर्ष देखि खोटो संकलन गर्दै आएका छन् । कार्कीगाउ, झाप्रा, सीमा, दशेरा, पजारु, जुगाथापाचौर, साल्मा, डाडागाउ, लह“, मजकोट, सुवानाउली, थालारैकर, गर्खाकोट, पुन्मा, भेरीमालिका नगरपालिका, ढीमे, खगेनकोट, लगाएत २३ गाविसका ९६ सामुदायीक वनमा जथाभावी खोटो संकलन हुने गरेको छ । सल्लाघारी जंगल विनास हुदै गएको बुढाले बताए ।
कम्पनीले बार्षिक रुपमा खोटो संकलन तथा निकासी गर्न पाएको अनुमती भन्दा दोब्बर संकलन गर्ने गरेका छन् । जंगलमा भेटीए जतिका सबै सल्लाका रुखको चारै तिरबाट खोटो निकाल्ने गरेका छन् । एउटा पनि माउ रुख नराख्दा सल्लाघारी जंगल विनास बढेको हो । एक हेक्टरमा ५ देखि १० वटा जती माउ रुखलाई सुरक्षित राख्नु पर्ने खोटो संकलन कार्य विधिमा उल्लेख छ । हरेक बर्ष चैत देखि कार्तिकसम्म खोटो संकलन गर्नु पर्ने हुन्छ । कार्यविधिमा एउटा रुखमा ३२ जोडी रिल बनाउन उल्लेख छ । तर कम्पनीले छोटा समयमा धेरै खोटो निकाल्न १ सय जोडी रिल बनाउने गरेका छन् । जंगलमा रहेका सबै रुखमा बढी मात्राको एसिडको प्रयोग गरी खोटो निकाल्ने कार्य अवैध भएको बुढाले बताए ।
सामाुदायीक वन समुहको कार्य योजना विपरित खोटो संकलन गर्न नपाई प्रावधान रहेको जिल्ला वन अधिकृत उपेन्द्र प्रसाद पटेलले बताए । कार्य विधि विपरित खोटो संकलन गर्ने कम्पनीलाई कडा कारबाही गरिने पटेलले बताए । जिल्लामा बन प्राविधीकको संख्या न्युन भएकाले नियमित अनुगमन तथा निरीक्षणमा समस्या भएको उनले बताए । बंगलामुखी रोजीन एण्ड टर्पेन्टाईन गनापुर बा“के, स्वस्तीक रोजीन एण्ड टर्पेन्टाईन चन्नौटा कपिलबस्तु, देउती रोजीन एण्ड टर्पेन्टाईन बा“के, माउन्ट रोजीन एण्ड टर्पेन्टाईन रुपन्देही, मनकामना रोजीन एण्ड केमीकल उद्योग बा“के, दिपमाला रोजीन एण्ड प्राली टर्पेन्टाईन, जय वागेश्वरी रोजीन बा“के र ग्लोवल केमिकल्स प्रा. लि अत्तरिया कैलालीले खोटो संकलन गर्दै आएका छन् । खोटो कम्पनीबाट राजनितिक दलका कार्यकर्ता, सामुदायीक वन उपभोक्ता समितिका सदस्य, जिल्ला वनका कर्मचारी लगाएतले मोटो रकम कम्ल्याउने गर्दा अवैध संकलन बढेको एक कम्पनीका प्रतिनिधीले बताए । कम्पनीहरु बिच कस्ले बढी खोटो संकलन गर्ने भन्ने विषयमा अस्वस्थ प्रतिश्पर्धा नै चलेको ती प्रतिनिधीले बताए । मोटो रकम भेटाएमा सरोकारवाला पनि चुप लाग्ने गरेको उनले बताए ।