जाजरकोटमा महिलाको विभत्स हत्या, हत्या आरोपमा श्रीमान पक्राउ

बद्री पन्त
जाजरकोट २३, माघ
जाजरकोटमा एक महिलाको विभत्स हत्या गरिएको छ । भेरीमालिका नगरपालिका ४ बोहरा कि २४ बर्षिय राधिका सुनारको हत्या भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भेरीमालिका नगरपालिका ४ स्थित पासागाड खोला नजिक उनको  शनिवार राती हत्या भएको हो । पेटमा खुकुरी प्रहार गरि हत्या भएको छ । महिलाको पेटमा खुकुरी रोपिएको र हातका औला काटिएका  छन् प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिनु भएको छ । मृतकको शरिरका अन्य भागमा पनि खुकुरी हानिएको र चोट लागेको छ घटनाको प्रकृति हेर्दा लखेटी लखेटी मारिएको देखिन्छ डियसपी रिमालले भन्नु भयो ।  बोहरागाउँको सालघारी जंगलमा हत्या गरी ५ सय मिटर टाढा पासागाढ खोला नजिकैको खोल्सामा लास फेला परेको थियो ।
हत्यामा संलग्न भएको आरोपमा मृतकका पति दलबहादुर सुनारलाई पक्राउ गरिएको छ । घटना स्थलमा एउटा खुकुरी र जुत्ता फेला परेको छ । घरायसी झगडाका कारण पतिले नै हत्या गरेको मृतकका भाइ गोविन्द्र महरले बताए । मृतकका पति सुनार नेपाली सेनाको सुर्खेत स्थित नरसिंह दल गणमा सिपाहीमा पदमा कार्यरत छन् । यस अघि पनि पति दलबहादुरले ति महिलालाई पटक पटक कुटपिट गरेर घरेलु हिंसा गर्ने गरेको मृतकका भाई गोविन्दले बताए ।
हप्ता दिन अघि विदामा घर आएका पति दलबहादुरले दिनहुँ चरम यातना दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । मृतक राधिकाले शनिवार बेलुका ६ बजेतिर माईलो भाई गोपाललाई फोन गरेर भिनाजुले मलाई मार्ने भनेर लखेटिरहेको छ म भागेर माईती आउँदैछु भनेको गोपालले बताए । ति महिलाले यस अघि  नै आफुलाई हिंसा भएको भनेर प्रहरी र मानवअधिकारकर्मीसँग जीवन रक्षाको माग गदै गुहार समेत मागेको प्रहरीको भनाई छ । आईन्दा कुटपिट नगर्ने र मिलेर बस्ने भन्दै पति दलबहादुरले जिल्ला प्रहरी कार्यालयमा कागज समेत गरेका थिए । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी प्रमुख डिएस्पी रिमालले जानकारी दिनु भयो ।

प्रकाशित मितिः २३ माघ २०७३, आईतवार १०:२८

Leave a Reply

Your email address will not be published. Required fields are marked *