जाजरकोट २५, माघ
जाजरकोटको नलसिंहगाड जलविद्युत आयोजनाको पहुँच मार्ग सडक निर्माणका क्रममा एक मजदुरको मृत्यू भएको छ । लहँ ६ कालिमाटी स्थित गेडेनी भिरमा वलास्टिंङ गर्दा माथीबाट खसेको ढुङगाले थिच्दा रुकुम घेत्मा २ का २७ वर्षीय अनन्त कामीको मृत्यू भएको हो ।
घाईते कामीलाई उपचारका लागि अस्पताल ल्याउदै गर्दा वाटोमै मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । ४१० मेघा वाट नलसिंहगाड जलविद्युत आयोजनाको पहुच मार्ग निर्माण स्थल कडा चट्टान भएकाले मजदुरलाई काम गर्न चुनौती रहेको आयोजनाले जनाएको छ ।