१३ बर्षिया बालिका बलात्कृत

टुकमाया घर्ती
जाजरकोट २०, फागुन
जाजरकोटमा एक बालिका बलात्कृत भएकी छन । भेरीमालिका नगरपालिका ११, पुल मटेलाकी १३ बर्षीय बालिका बलात्कृत भएकी हुन् ।
बालिकालाई भेरीमालिका नगरपालिका ११, पुल मटेलाका ३५ बर्षीय इन्द्रबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ । पिडक शाहीले बालिकालाई विहीबार दिउ“सो २ बजे भेरी नदी किनारको ओडारमा लगेर बलात्कार गरेको आफन्तले बताएका छन् । घरबाट तरकारी लिन सिमखेत आफन्तको घर गएकी बालिकालाई शाहीले नानी ओडारमा के छ हेर्न जाउ“ न भन्दै ललाईफकाई एकान्त ओडारमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । माछा मार्ने जलारीले नदी किनारको ओडारबाट बालिका कराएको आवाज आएपछि त्यहाँ जादा बालिका रु“दै कराउ“दै गरेको र पछि घटनाबारे आफन्तलाई जानकारी गराएको प्रहरीले जनायो ।
जिल्ला अस्पतालका चिकित्सकका अनुसार पिडित बालिकाको स्वास्थ्य परीक्षण गर्दा बलत्कृत भएको पुष्टी समेत भएको छ । पिडक शाहीले यस अघि पनि पटक पटक बालिकालाई बलात्कारको प्रयास गरेको बताइएको छ । पिडित बालिका शितल माध्यमिक विद्यालय चौरजहारी, रुकुममा ७ कक्षामा अध्ययनरत छात्रा हुन् । पिडक शाही विरुद्ध जवरजस्तीकरणी मुद्धा दर्ता गरेको प्रहरी नायव उपरीक्षक भावेश रिमालले बताउनु भयो । १० देखि १४ बर्षसम्मका बालिका बलात्कार गर्नेलाई ८ बर्ष देखि १२ बर्ष कैद सजाय र पिडकबाट मनासिव क्षेतीपुर्ति भराउने कानुनी ब्यबस्था रहेको छ ।

प्रकाशित मितिः २० फाल्गुन २०७३, शुक्रबार १३:४१

Leave a Reply

Your email address will not be published. Required fields are marked *