अध्यक्ष शाहीद्वारा क्यान्सर पीडितलाई ५००० सहयोग

सुर्खेत, ५ चैत्र ।
होटेल अर्गनाइजेशन सुर्खेतका अध्यक्ष तर्कबहादुर शाहीले क्यान्सरबाट पीडित महिलाको उपचारको लागि व्यक्तिगत रुपमा ५ हजार रुपैया प्रदान गर्नु भएको छ ।
क्यान्सरवाट पीडित जाजरकोटको लहँ गाविस–९ गर्छिनाकी जयरुपा घर्तीको उपचारको लागि उहाँले यो रकम सहयोग गर्नु भएको छ ।
क्यान्सरवाट पीडित घर्तीको उपचारमा सहयोग होस भन्ने उदेश्यले रकम सहयोग गरेको उहाँले बताउनु भयो ।
शुक्रवार शाहीले उक्त रकम क्यान्सर पीडित सहयोगको लागि अभियान चलाई रहनु भएका पत्रकार प्रकाश पन्तलाई हस्तान्तरण गर्नु भएको छ ।
सुर्खेतका प्रतिष्ठित होटेल व्यवसायी शाही भ्याली भ्यू होटेलका संचालन पनि हुनुहुन्छ । उहाँले विगतमा पनि विभिन्न सामाजिक कामहरुमा महत्वपूर्ण सहयोग गदै आउनु भएको छ ।
क्यान्सर पीडित महिलाको उपचारको लागि अभियान संचालन गरेको भन्दै उहाँले पत्रकार पन्तलाई धन्यवाद समेत दिनु भएको छ ।
यस्तै नेपाल सरकारका कर्मचारी पुष्पकेशर खनाल र अनिता पाण्डेयले पनि संयुक्त रुपमा ३ हजार रुपैया प्रदान गर्नु भएको छ ।
क्यान्सरका कारण ८ महिनादेखि थला पर्नु भएकी घर्तीको सहयोगको लागि सुर्खेतमा क्रियाशिल पत्रकार प्रकाश पन्तले सामाजिक संजाल फेसवुक मार्फत आर्थिक सहयोगको अभियान थाल्नु भएको छ ।
आफुले चलाएको यो अभियानमा साथदिदै विभिन्न व्यक्तिहरुले अहिलेसम्म करिव ७६ हजार रुपैया सहयोग गर्नु भएको पत्रकार पन्तले जानकारी दिनुभयो ।

प्रकाशित मितिः ५ चैत्र २०७३, शनिबार ०१:०८

Leave a Reply

Your email address will not be published. Required fields are marked *