आइएनएफले दियो अग्नी पीडितलाई जस्तापाता

सुर्खेत, १५ असार ।
आइएनएफ सुर्खेतले पश्चिम सुर्खेतको भट्टेघारका १५ घर अग्नी पीडितलाई घर छाउनको लागि जस्ता पाता सहयोग गरेको छ । भट्टेघारीमै पुगेर आइएनएफले आगोले घर जलेका १५ घर परिवारलाई २ बन्डलका दरले जस्तापाता प्रदान गरेको आइएनएफका प्रशासकिय तथा बृत्त अधिकृत नारायण खड्काले बताउनु भयो ।
१ लाख ६० हजार रुपैया वरावरको जस्तापाता कविराम सुनार, दत्त शाही, धनवहादुर सुनार लगायत १५ घरपरिवारलाई दिइएको पनि उहाँले जानकारी दिनुभयो ।
अग्नी पीडितहरुलाई वराहताला गाउँ पालिकाका प्रमुख तेजबहादुर बस्नेत, आइएनएफ सुर्खेतका प्रमुख मंगलबहादुर थारु, नेपाल रेडक्रस सोसाइटी सुर्खेतका उपसभापति देवबहादुर ढकाल, वराहताल गाउँ पालिका वडा न ८ का वडाध्यक्ष मणीराम कार्की लगायतले संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गणेशकञ्चन भारती, पत्रकार प्रकाश पन्त, रेडक्रसका लेखाअधिकृत दिपक अर्याल, प्रध्यापक डा.बिजय अर्याल लगायतको सहभाागीता रहेको थियो ।
१९ फिटे पाताको २ बन्डल पाएपछि अग्नी पीडित खुशी भएका छन । खरले छानो छाउदा आगो लागेर हैरान भएका आफुहरुले जस्तापाता पाएपछि ठुलो राहत महसुश गरेको धनबहादुर सुनारले बताउनु भयो ।
नाटकिय रुपमा भटटेघारीका केही घरमा आगो लाग्ने गरेको छ । लामो समयदेखि मानविय सेवामा सर्मपित वर्षाको समयलाई ध्यान राखेर अग्नी पीडितलाई घर छाउन जस्तापाता दिएको आइएनएफका प्रमुख मंगलबहादुर थारुले जानकारी दिनुभयो ।

प्रकाशित मितिः १५ असार २०७४, बिहीबार १०:४१

Leave a Reply

Your email address will not be published. Required fields are marked *