सुर्खेत, असाढ १८ । ६ नम्बर प्रदेशको जाजरकोटमा कुष्ठरोगको जोखिम बढ्दै गएको साईनिङ्ग हस्पिटल आईएनएफ सुर्खेतले जनाएको छ ।
आईतबार सुर्खेतको वीरेन्द्रनगरमा कुष्ठरोगका विषयमा पत्रकारहरुसँग अन्तरक्रिया गर्दै साईनिङ्ग हस्पिटल ईन्चार्ज मंगल थारुले यस्तो जानकारी दिनुभएको हो । साईनिङ्ग हस्पिटलले संकलन गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ७ जना कुष्टरोगका बिरामी फेला परेकोमा यो आर्थिक वर्षमा २० जना बिरामी जाजरकोटमा फेला परेका छन् ।
गत आर्थिक वर्ष भन्दा यो संख्या १८६ प्रतिशतले बढी रहेको भन्दै कुष्टरोगका बिरामी बढ्दै गएकाले जाजरकोटमा विशेष निगरानी गर्नुपर्ने ईन्चार्ज थारुले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा ७१ जना कुष्ठरोगका नयाँ बिरामी साईनिङ्ग हस्पिटलले पत्ता लगाएको छ ।
जसअन्तर्गत, सुर्खेतमा यस आर्थिक वर्षमा २६ जना कुष्ठरोगका बिरामी फेला परेका छन् भने दैलेखमा ११ जना, रुकुम, जुम्ला र सल्यानमा २÷२ जना, मुगुमा १ जना र कालिकोटमा ३ जना बिरामी फेला परेका छन् । त्यस्तै, छैटौँ प्रदेशभन्दा बाहिरका ४ जना कुष्ठरोगी फेला परेको ईन्चार्ज थारुले जानकारी दिनुभयो ।
समग्र कुष्ठरोगीको अवस्था हेर्नेहो भने गत आर्थिक वर्षको भन्दा यो वर्ष बढेको पाईएको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा १ सय ४५ जना कुष्ठरोगका बिरामीलाई साईनिङ्ग हस्पिटलमा भर्ना गरिएको छ भने १ सय ७५ जनाको स्क्रिनिङ टेस्ट गरिएको छ ।
साईनिङ्ग हस्पिटलले कुष्ठरोगका बिरामीलाई २ सय ८८ जोर जुत्ता वितरण गरेको ईन्चार्ज थारुले जानकारी दिनुभयो । यहाँ आफूले चाहको शब्द वा वाक्य प्रीति फन्टमा टाइप गर्नुहोस वा प्रीति फन्टमा भएका अक्षरहरु यहाँ पेस्ट गर्नुहोस् ।