विद्यार्थीलाई भयमुक्त रुपमा पढने अवसर सृजना गरौ – क्षेत्रीय शिक्षा निर्देशक गौतम

सुर्खेत, २८ असार ।
विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका सम्वन्धी दुई दिने कार्यशाला बीरेन्द्रनगरमा सुरु भएको छ ।
मध्यपश्चिम क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतले आयोजना गरेको कार्यशालाको उदघाटन गदै क्षेत्रीय निर्देशक हरि गौतमले विद्यालयलाई शान्ति क्षेत्र बनाउन सवैको रचनात्मक सहयोगको खाँचो पर्ने बताउनु भयो ।
राजनीतिक कारणले मात्र विद्यालय बन्द हुदैन उहाँले भन्नुभयो अन्य कारणले पनि हुने गरेका छन त्यसलाई रोक्नु पर्छ ।
निर्देशक गौतमले विद्यालयमा विद्यार्थीलाई भयमुक्त रुपमा पढने अवसर सृजना गर्नुपर्नेमा जोड दिनुभयो ।
शैक्षिक तालिम केन्द्र सुर्खेतका बरिष्ठ प्रशिक्षक दीपा हमालले विद्यालय शान्ति क्षेत्रको अभियानलाई सवैले साथ दिनुपर्ने बताउनु भयो ।

यस्तै सुर्खेतका जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले विद्यालयलाई बन्द हड्तालवाट मुक्त गर्नुपर्ने बताउनु भयो ।
उहाँले विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि सरकारले अघि सारेको शान्ति क्षेत्रको अभियानलाई प्रतिवद्ध भएर कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्नुभयो ।
कार्यशालामा विद्यालयलाई शसस्त्र गतिविधी र अन्य गतिविधीवाट मुक्त राख्ने, राजनीतिक र अन्य हस्तक्षेपवाट मुक्त राख्ने र विद्यालयलाई भेदभाव, दुव्र्यवहार र शोषणावाट मुक्त राख्ने विषयमा छलफल हुने निर्देशनालयका शाखा अधिकृत सुवर्ण खड्काले जानकारी दिनुभयो ।

मध्यपश्चिम क्षेत्रका १५ वटा जिल्लाका शिक्षा कार्यालय र शिक्षक महासंघका प्रतिनिधी गरी ३० जना भन्दा बढीको सहभागीता रहेको छ ।
क्षेत्रीय शिक्षा निर्देशनालयका उप क्षेत्रीय निर्देशक डम्वर बहादुर थापा र शाखा अधिकृत सुवर्ण खड्काले कार्यशालामा प्रशिक्षण दिइरहनु भएको छ ।

प्रकाशित मितिः २८ असार २०७४, बुधबार ०७:५१

Leave a Reply

Your email address will not be published. Required fields are marked *