हेर्नुहोस, अव यस्तो बन्दैछ, बुलबुले

पुनम विसी
सुर्खेत, ३० असार ।
सुर्खेतको बुलबुले ताल आकर्षक पर्यटकीय गन्तव्य स्थल वन्ने भएको छ । पश्चिम नेपालकै प्रमुख पर्यटकिय स्थल भएपनि वर्षैदेखि ओझेलमा पदै आएको बुलबुलेलाई आर्कषक गन्तव्य बनाउन लागिएको हो ।
बुलबुले उद्यानको संरक्षण र विकासको लागि ५ करोड रुपैया खर्च लाग्ने गरी योजना बनाएको छ ।
गुरुयोजना अनुसार बुलवुले उद्यानको विकास गर्नको लागि सहरी विकास कार्यालयले ५ करोड रुपैयाको टेन्डर गरेको हो । यो रकमवाट पर्खाल, फुटपाथ, बगौचा, गार्डेन लाइट लगायतका कामहरु गरिने छ ।

बुलबुले संरक्षण र सुरक्षाका लागि वरिपरि पर्खाल निर्माण गर्ने, वालबालिकाको मनोरञ्जनका लागि बालउद्यान बनाउने, पानीको फोहोरा निर्माण गर्ने, बगैंचालाई सुन्दर र व्यवस्थित बनाउने काम योजना अन्र्तगत रहेका छन ।
यही असार १९ गते उद्यानको वरीपरी पर्खाला लगाउने, पार्कभित्रको सडकको स्तर उन्नति गर्ने, बनभोज स्थल बनाउने गरी टेन्डर गरिएको कार्यालयका इन्जिनियर झंक थापाले बताउनु भयो ।
टेन्डर भैइसकेकोले आगामी असोज कार्तिक महिनाबाटै निर्माणको काम अघि बढाउने पनि उहाँले जानकारी दिनुभयो ।
बिगतमा १०÷१५ लाख रुपैयाको आवधिक योजनाहरु आउथे, त्यो रकमले खासै चाहेजस्तो काम हुदैन्थ्यो तर अब विस्तृत काम हुन्छ, अनि २ वर्षभित्रै वुलवलेको मुहार नै फेरिन्छ इन्जिनियर थापाले भन्नुभयो ।
६ नम्वर प्रदेशकै आर्कषक पर्यटकिय स्थल बनाउने दायित्व संझेर बुलवुलेलाई गुरुयोजना अनुसार अघि बढाउन खोजिएको कार्यालयले जनाएको छ ।
चरीचरण रोक्न, अतिक्रमण हुन नदिन पर्खाला लगाइने छ । बुलवुले उद्यानको रेखदेखको जिम्मा पाएको सुर्खेत उपत्यका गरविकास समितिको अध्यक्ष नारायण कोइरालाले मास्टर प्लान अनुसार बुलवुलेलाई आर्कषक पर्यटनिकय स्थल बनाउन लागिएको बताउनु भयो ।
अहिले विभिन्न निकाय, संघसंस्थाहरुसँग समुन्वय गरी वुलवुले उद्यानभित्र वोटानिकल पार्क, वालउद्यान लगायतका कामहरु पनि अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।
सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सुर्खेतका प्रमुख थम्वराज श्रेष्ठले वहुवर्षिय योजना अन्तर्गत वुलवुले उद्यानको विकास गर्न थालेको बताउनु भयो ।
उहाँल गुरुयोजना अनुसारको काम नहुँदा दिनदिदै कुरुप बन्दै गएको बुलबुलेको स्वरुपमा अब भने व्यापक परिवर्तन आउँने उल्लेख गर्नुभयो ।

प्रकाशित मितिः ३० असार २०७४, शुक्रबार १३:००

Leave a Reply

Your email address will not be published. Required fields are marked *