इन्जिनियर शाहीको विदाई

सुर्खेत, ३१ असार ।
सुर्खेतको बीरेन्द्रनगर नगरपालिका तीन जना पुर्व कर्मचारीको सम्मानका साथ विदाई गरिएको छ ।
प्रथम नगर परिषदको अवसर पारेर इन्जिनियर जनकबहादुर शाही, बरिष्ठ जिन्सी व्यवस्थापक यामबहादुर श्रेष्ठ र कम्प्युटर अप्रेटर भुमिका तारामीको विदाई गरिएको हो । उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथी दुर्गाकेशर खनाल, नगरप्रमुख देवकुमार सुवेदीले दोसल्ला ओढाएर सम्मानसहित विदाई गर्नु भएको हो ।
२२ वर्ष ८ महिना नगरपालिकामा सेवा गर्नु भएका इन्जिनियर शाहीले २ वर्ष वाकी हुदै स्वच्छिक अवकास लिनु भएको थियो ।

३३ वर्ष सेवा गर्नु भएका श्रेष्ठ अनिवार्य अवकास हुनु भएको थियो १७ वर्ष काम गर्नु भएकी तारमीले भने माथिल्लो तहमा नाम निकालेर अर्को कार्यालयमा जानु भएको थियो ।

बीरेन्द्रनगर नगरपालिकाको मुहार फेर्नमा इन्जिनियर जनकबहादुर शाही लगायत अवकास लिनु भएका सवै कर्मचारीको महत्वपूर्ण योगदान रहेको बताएको छ ।
स्वच्छिक अवकास लिनु भएका इन्जिनियर शाहीले नगरपालिकाको प्रगति र उन्नतिको लागि सवैको साझा पहल आवश्यक रहेकोमा जोड दिनुभयो ।

प्रकाशित मितिः ३१ असार २०७४, शनिबार ११:१२

Leave a Reply

Your email address will not be published. Required fields are marked *