
सुर्खेत, २ साउन ।
जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका ३ को टट्टा र कट्के जोडने झुम्रेखोलामा रहेको काठको लाप्कोवाट खोला तर्ने क्रममा सोमवार खसेर होमबहादुर परियारको मृत्यु भएको छ ।
स्वास्थ्य चौकी कैनामा उपचार गर्न जाने क्रममा लाप्कोवाट खसेर उहाँको मृत्यु भएको हो ।
करुवा र गराग्लीवाट आउने खोला मिसिने ठाउँमा काठको लाप्को तर्ने क्रममा परियार दुर्घटनामा पर्नु भएको ईलाका प्रहरी कार्यालय दल्लीले जनाएको छ । यो पुल तरेर कट्केका, करुवा लगायत ठाउँका वालवालिकाहरु कैनामा रहेको सूर्योदय माध्यामिक विद्यालयमा पढन जाने भएकोले पनि चाडो भन्दा चाडो पुल बनाउन स्थानीयले माग गरेका छन ।
समाजसेवी प्रकाश पन्तले स्थानीयको माग बमोजिम चाडो भन्दा चाडो पुल बनाउन स्थानीय जनप्रतिनिधी लगायत सरोकारवाला निकायको ध्यानाकर्षण गराउनु भएको छ ।
उहाँले यो ठाउँमा तत्काल पुल नवनाए अर्को घटना दोहोरिन सक्ने भएकोले तत्काल पुल वनाउन सम्वन्धी निकायले पहल गर्नुपर्ने कट्टेका युवा समाजसेवी शेरबहादुर ओलीले बताउनु भयो ।
यही साउन ५ गतेबाट विद्यालयमा पढाई संचालन हुने भएकोले पुल वनाउनको लागि त्यस क्षेत्रवाट निर्वाचित जनप्रतिनिधी लगायत सम्वन्धीत निकायले गम्भिर भएर सोच्न पर्ने पन्तले उल्लेख गर्नुभयो ।