वाढीले जाजरकोटमा काठेपुल र खेत बगायो

बद्री पन्त
जाजरकोट, २० साउन ।
अविरल वर्षापछि आएको वाढीले जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका ५ अर्थात साविकको लह गाविस ८ ऐरारीको सिर्केमा क्षेति गरेको छ ।
वाढीले सिर्के खोलामा रहेका ५ वटा काठे पुल वगाउनुको साथै स्थानीय बासिन्दाका खेतवारी र लघु जलविधुतको कुलो समेत बगाएको इलाका प्रहरी कार्यालय दल्लीका सई राजनकुमार मल्लले जानकारी दिनुभयो ।
बाढीले को वाढी प्रभावित क्षेत्रमा प्रहरीको टोली पुगेर उद्धार थालेको इलाका प्रहरी कार्यालय दल्लीका सई राजनकुमार मल्लले जानकारी दिनुभयो । यस्तै बाढीले सिर्के खोलामा रहेका ५ वटा काठे पुल पनि बगाएको छ ।
बाढीले स्थानीय जनकबहादुर सिहको घर बगाएको छ भने महेन्द्रबहादुर शाही र प्रेमबहादुर सिहको घर जोखिममा परेका छन । बाढीले नरबहादुर शाही, जनक बहादुर सिह, महेन्द्र बहादर शाही, प्रेमबहादुर शाही, तिलवान सिह लगायतका २३ रोपनी खेत बगाएको छ ।
सिर्के लघुजलविद्युत आयोजनको ३० मिटर जति कुलोमा पनि क्षेति गरेको छ । बाढीले जुनी माविको कम्पाउण्डमा पनि क्षेति पुरयाएको छ ।
जुनीमाविवाट सेपुखोला, डाडेपाखावाट सिर्के, गर्छिनावाट सिर्के जोडने सिर्के खोलाका काठेपुलहरु वगाएको पनि उहाले जानकारी दिनुभयो ।
बाढीवाट जोखिममा परेका घरवाट लत्ताकपडा, भाडाकुडा, अन्नपात निकाल्ने काम भैइरहेको सई मल्लले बताउनु भयो ।
बाढीले क्षेति पुरयाउन थालेको खवर पाउन वित्तिकै प्रहरी चौकी सेपुखोलावाट प्रहरी जवान प्रेमबहादुर भण्डारीको कमाण्डमा प्रहरी टोली सिर्के पुगेको थियो ।
अहिले प्रहरी, स्थानीय बासिन्दा र विद्यार्थीहरु वाढीवाट थप क्षेति हुन नदिनको लागि जुटिरहेका छन ।
मानविय अहिले मानविय क्षेति हुन नदिनको लागि अहिले सर्वसाधारणहरुलाई सुरक्षित स्थानतिर सार्के काम भैइहरको छ ।
अहिलेसम्म मानविय क्षेति नभएपनि धान लगाएको खेत वाढीले कटान गरेर लगेको शिक्षक ओमजंग शाहले बताउनु भयो । अविरल वर्षापछि सिर्के खोलामा भिषण बाढी आएको हो ।

प्रकाशित मितिः २० श्रावण २०७४, शुक्रबार ०८:५६

Leave a Reply

Your email address will not be published. Required fields are marked *