सुर्खेतमा वर्षाको वितण्डा ३ को मृत्यु, सडक र विद्युत सेवा अवरुद्ध, सर्वसाधारणलाई सास्त्री

भीमप्रसाद पौडेल
सुर्खेत २८ साउन ।
अवरल वर्षासंगै आएको पहिरोले घर बगाउँदा सुर्खेतमा तीन जनाको मृत्यु भएको छ । शनिवार राती आएको पहिरोमा परी सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोलीमा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।
पहिरोमा परी ८३ वर्षिय गुमानसिं बुढा, उनका १४ वर्षिय नाती विक्रम बुढा र १२ वर्षिय शरण बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गएराती १२ बजेतिर बडाखोलिको सिन्दुरेखोला टोलमा घरमाथिको ढीस्को खस्दा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी निसान थापाले जानकारी दिनुभयो ।
पहिरोमा पुरिएका उनीहरुको शव प्रहरीले आइतबार विहान निकालेको पनि उहाँले जानकारी दिनुभयो ।
घटनमा घाइते हुनु भएकी ५५ बर्षकी दुर्पता बुढाको मेहेलकुना अस्पतालमा उपचार भै रहेको छ ।
तेसै गरी झिङ्गनि खोलाले भेरीगंगा नगरपालिका ६ का करीब ३ रोपनी जग्गामा लागाएको धान बगाएको छ ।
अभिरल वर्षापछि पहिरो जादा रत्नराजमार्गको हर्रे–कोहलपुर सडक खण्डमा सवारी आवागमन बन्द भएको छ ।
भेरीगंगा नगरपालिकाको हर्रे नजिकै गएराती पहिरो गएपछि सुर्खेत नेपालगंज सडक खण्ड अवरुद्ध भएको हो । पहिरोका कारण सडक अवरुद्ध भएपछि यात्रुहरु मर्कामा परेका छन ।
सडक खुलाउने प्रयास आइतवार विहानैबाट शुरु भएको प्रहरीले जानकारी दिएको छ ।यस्तै लगातारको बर्षाको कारण सुर्खेत र दैलेखको विद्युत सेवा पनि अवरुद्ध भएको छ । सुर्खेत–कोहलपुर प्रशारण लाइनको वीचमा वर्षाले विद्युत तार र पोलमा क्षती पु¥याउदा विद्युत सेवा अवरुद्ध भएको हो ।
नेपाल विद्युत प्राधिकारण वितरण केन्द्र सुर्खेतले विद्युत सेवा कुन ठाउँमा अवरुद्ध भएको भन्ने एकिन हुन नसकेको जनाएको छ ।
कार्यालयले चेपाङस्थित बबई नदीमा आएको बाढीले विद्युत पोल बगाएको हुनसक्ने अनुमान गरेको छ ।
अवरुद्ध विद्युत सेवा सुचारु गर्न गएको टोली रत्नराजमार्गको ठाउँ–ठाउँमा गएको पहिरोले रोकिएको कार्यालयका इन्जिनियर बिजेश रञ्जितले जानकारी दिनुभयो ।
यसैवीच जिल्ला दैवी प्रकोप उद्धार समिति सुर्खेतले अविरल वर्षा भइरहेकोले सर्तक रहन सर्वसाधारणलाई आग्रह गरेको छ । समितिले बाढी, पहिरोजन्य विपदबाट धनजनको क्षति हुन सक्ने हुँदा खोला तथा नदी किनार र भिरालो जमिनमा बसोवास गरेका स्थानीय बासिन्दाहरुलाई कुनै पनि समयमा बाढी एवं पहिरो जान सक्ने सम्भावना भएकोले उक्त स्थानमा बसोबास गर्ने सम्पूर्ण बासिन्दाहरुलाई सतर्क एवं सुरक्षित रहन आग्रह गरेको छ ।

 

प्रकाशित मितिः २९ श्रावण २०७४, आईतवार ११:२५

Leave a Reply

Your email address will not be published. Required fields are marked *