लियो क्लवलाई पनि सक्रिय बनाउदै, लाइन्स क्लव अफ सुर्खेत सेरोफेरो

सुर्खेत, ३१ साउन ।
लाइन्स क्लव अफ सुर्खेत सेरोफेरोले आफनो लियो क्लवलाई सक्रिय बनाएर छ । क्लवले लियो क्लवलाई विभिन्न सामाजिक क्रियाकलापहरु संचालन गर्नको लागि सक्रिय बनाएको हो ।
लियो क्लवमा आवद्ध युवालाई सामाजिक क्रियाकलापमा सक्रिय हुनको लागि उत्प्रेरित गरिरहेको सेरोफेरोका अध्यक्ष युवराज पौडेलले जानकारी दिनुभयो ।
उहाँले योजना निर्माण गर्ने, कार्यतालिका वनाउने जस्ता काममा लियो क्लवमा आवद्ध युवाहरुलाई सहजिकरण गरेको पनि बताउनु भयो । सेरोफेरोको सहयोगपछि लियो क्लवले वार्षिक कार्ययोजना बनाएरै सामाजिक अभियान थालेको जनाएको छ ।
मंगलवार सुर्खेतको वीरेन्द्रनगरमा भएको लियो क्लवको भेलाले स्वास्थ्य वातावारण, शिक्षा र युवाको क्षेत्रमा काम गर्ने गरी वार्षिक कार्ययोजना बनाएको क्लवका अध्यक्ष गंगाराम आचार्यले बताउनु भयो ।
स्वास्थ्यतर्फ भदौ र माघ महिनामा रक्तदान गर्ने, भदौ, कात्तिक र फागुन महिनामा विद्यालय स्तरिय स्वास्थ्य शिविर गर्ने, भदौ महिनामा प्राथमिक उपचार सम्बन्धि किट बक्स वितरण गर्ने र तालिम सञ्चालन गर्ने पनि उहाँले जानकारी दिनुभयो ।
वातावरणतर्फ विद्यालय र समुदायमा सरसफाई र फोहोर मैला सम्बन्धि चेतना मुलक कार्यक्रम गर्ने, सार्वजनिक स्थलहरुको सरसफाई गर्ने र विश्व वातावरण दिवस भव्य रुपमा मनाउने क्लवले योजना बनाएको छ । शिक्षातर्फ गरिव तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने, विद्यालयमा सकारात्मक सोचाई सम्बन्धि तालिम आयोजना गर्ने, विद्यालय स्तरिय वादविवाद प्रतियोगिता र हाजिरी जवाफ प्रतियोगिता गर्ने क्लवको योजना छ ।
युवा क्षेत्र अन्तरगत विद्यालय स्तरिय खेलकुद प्रतियोगिता गर्ने, युवाको लागि नेतृत्व विकास र साईवर सुरक्षा सम्बन्धि तालिमको आयोजना गर्नेछ ।
स्थापना भएको छोटो समयमा विभिन्न सामाजिक काममा सक्रिय लियो क्लवले यहि साउन २८ गते अन्तराष्ट्रिय युवा दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको थियो ।
लाइन्स क्लव अफ सुर्खेत सेरोफेरोका अध्यक्ष युवामा सक्रिय गर्नेको लागि क्लवले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

प्रकाशित मितिः ३१ श्रावण २०७४, मंगलवार १२:०४

Leave a Reply

Your email address will not be published. Required fields are marked *