नेपाल प्रजातान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघको उपाध्यक्षमा बिष्णु खड्का निर्वाचित

सुर्खेत, १९ भदौ ।
मध्यपश्चिमाञ्चल यातायात ब्यवसायी संघका अध्यक्ष बिष्णु खड्का नेपाल प्रजातान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघको उपाध्यक्षमा निर्वाचित हुनु भएको छ ।नेपाल प्रजातान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघको प्रथम महाअधिवेसनवाट खड्का उपाध्यक्षमा निर्वाचित हुनु भएको हो ।
उहाँले लामो समय देखि मध्यपश्चिम यातायात व्यवसायी संघको नेतृत्व गदै आउनु भएको छ । नव निर्वाचित उपाध्यक्ष खड्काले यातायात व्यवसायीको हक अधिकार सुनिश्चित गर्नको लागि निरन्तर पैरवी गर्ने बताउनु भयो ।
उहाँ नेपालको यातायात क्षेत्रको एक कुशल हस्तीको रुपमा पनि परिचित हुनुहुन्छ ।

प्रकाशित मितिः १९ भाद्र २०७४, सोमबार ००:४७

Leave a Reply

Your email address will not be published. Required fields are marked *