सुर्खेत, १९ भदौ ।
१५ औं निजामित कर्मचारी दिवसको अवसरमा नेपाल निजामति कर्मचारी युनियन (संघ) सुर्खेतले सोमवार मप क्षेत्रीय अस्पतालमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । मप क्षेत्रीय अस्पतालका निमित्त मेसु डा. डम्बर खड्काले रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए ।
युनियनका अध्यक्ष राजेशकुमार बुढाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्रका संयोजक किशोरकुमार रेग्मीले केन्द्रलाई भवन बनाउनका लागि छुट्टै जग्गाको माग गरे ।७ जनाले रक्तदान गरेको कार्यक्रममा संघका केन्द्रीय सदस्य विष्णुदत्त रेग्मीलगायतको उपस्थिति थियो