स्यालको टोकाईवाट १८ घाइते

सुर्खेत, २२ भदौ ।
सुर्खेतको गुर्भाकोट नगरपालिकामा वहुला स्यालको टोकाइबाट १८ जना घाइते भएका छन् । गुर्भाकोट नगरपालिका–४ को मिलनचौक, आँप खोली र बाघखोरमा घरमै बसिरहेको अवस्थामा स्थानीयलाई वहुला स्यालले टोकेको हो ।
बुधबार साँझ मात्रै ९ जना र विहिवार आज दिउँसो ९ जनालाई टोेकेको स्वास्थ्य चौकी सहारेका इन्चार्ज किरण वलीले बताउनु भयो ।
घाइतेहरुलाई रेबिजविरुद्ध दिइने खोप स्थानीय स्तरमा दिइएको पनि उहाँले जानकारी दिनुभयो ।स्यालले टोक्दा लगाउने इम्यूनोग्लोमिन भ्याक्सिन काठमाडौंको टेकु अस्पतालमा मात्रै पाइने भएकाले उपचारमा समस्या भएको इनचार्ज वलीले बताउनुभयो ।
घाइतेहरुको लागि औषधी ल्याउनको लागि गुर्भाकोट नगरपालिकाले एक जनालाई काठमाडौ पठाउने र त्यो सवै रकम नगरपालिकाले व्यहोर्ने नगरपालिका मेयर हस्त पुनले बताउनु भयो ।
बिहीवार बसेको नगरपालिकाको बैठकले ‘इम्यूनोग्लोमिन भ्याक्सिन नगरपालिका आफैले ल्याउने निर्णय गरेको पनि उहाँले बताउनु भयो ।
जिल्ला स्वास्थ्य कार्यालयको टोली पनि प्रभावित क्षेत्रको अवस्था बुझ्नको लागि खटिएको कार्यालयका सुचना अधिकारी वसन्त श्रेष्ठले बताउनुभयो ।
विगतका वर्षहरुमा पनि यही समयमा गुर्भाकोटमा स्यालले टोक्दा दर्जनबढी स्थानीय घाइते भएका थिए ।

प्रकाशित मितिः २२ भाद्र २०७४, बिहीबार ०८:०५

Leave a Reply

Your email address will not be published. Required fields are marked *