
सुर्खेत, १ असोज । ।
सांसद राजीव विक्रम शाहको व्यक्तिगत लगानीमा जाजरकोटको दुर्गम गाउँमा अस्पताल निर्माणको काम सुरु भएको छ ।
कुमारी ट्रस्ट मार्फत ५ करोड रुपौयाको लगानीमा छेडागाड नगरपालिका—५ थलमा अस्पताल निर्माण सुरु भएको हो ।
आइतवार विहान सांसद शाहले २५ शैयाको अस्पताल भवनको एक कार्यक्रमका वीच सिलन्यास गरेका छन ।
जाजरकोटका जनतालाई स्वास्थ्य सेवा दिने उदेश्यले थलबजारमा अस्पताल निर्माण थालेको सासंद शाहले बताए ।
अहिले अस्पताल भवनको फाउण्डेसन निर्माणको काम तिव्र गतिमा अघि बढिरहेको पनि उनले वताए ।
अस्पताल भवन निर्माणको लागि दुई वटा डोजर प्रयोग गरिएको छ । एउटा जोडरले जग खन्ने र अर्को डोजरले जमिन सम्याउने काम गरिरहेका छन ।
अस्पताल भवनको जग निर्माणको काम सोमवारदेखि सुरु हुने बताएको छ । जाजरकोट क्षेत्र न २ वाट निर्वाचित सासंद शाहले जनतालाई गाउँघरमै सर्वसुलभ रुपमा स्वास्थ्य सेवा दिने उदेश्यले व्यक्तिगत लगानीमा अस्पताल निर्माण गर्न लागेका हुन । आगामी मंसिर महिनाभित्र निर्माण हुने गरी भवन निर्माणको काम सुरु गरिएको अस्पताल भवन निर्माणको जिम्मा लिएको पञ्चकन्या गुप्रका मार्केटिङ्ग इन्जियनर शंभू कर्णले वताए ।
अस्पताल भवनमा पञ्चकन्या लाइट जेज स्टिल स्ट्रक्चर प्रविधिको प्रयोग गरिने भएकोले यो जतिसक्यो चाडो निर्माण हुने इन्जिनियर कर्णले वताए ।२५ शौयाको अस्पताल भवनका साथै डाक्टर र स्टापको लागि आवास, प्रशासनिक भवन, सोलार र जेनेटर राख्ने भवन पनि निर्माण गरिनेछ ।
आर्किटेस्ट अबालेले माइनर अप्रेसन पनि गर्न मिल्ने गरी भवन निर्माण गर्न लागिएकोको छ ।
भुकुम्प प्रतिरोधी भवनको निर्माणसँगै अस्पतालको लागि आवश्यक पर्ने २ करोड ५० लाख रुपैयाका उपकरण पनि किनिएको छ ।
अस्पताल निर्माणपछि पश्चिम क्षेत्रका साविकका १५ वटा गाविसका साथै पूर्वी क्षेत्रका अधिकाश गाविसका जनतालाई पनि उपचारमा सहयोग पुग्ने स्थानीयले वताएका छन ।
२५ शैयाको अस्पाल निर्माण हुन थालेपछि आफुहरु निकै हर्षित भएको पनि जाजरकोटी जनताले वताएका छन ।
अस्पताल निर्माणपछि माइनर अप्रेसन पनि हुने भएकोले आर्थिक रुपमा विपन्न जनतालाई धेरै राहात पुग्ने स्थानीय वासिन्दाको अपेक्षा छ ।