समृद्धिको लागि पत्रकारको भुमिका अहम हुन्छ नेता थानी, केन्द्रीय सदस्य सेजुवाल सम्मानित

सुर्खेत, ९ असोज ।
पूर्व मन्त्री तथा काँग्रेस नेता हृदयराम थानीले प्रदेश नंम्बर ६ को बिकास र सम्बृद्धिका लागी पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए । क्रियाशिल पत्रकार मञ्चले सुर्खेतको सातौ वार्षिक साधारण सभामा उनले ६ नंम्बर प्रदेशमा रहेका पत्रकारको कलमको ताकतले गर्दा प्रदेश स्थापना भएको उल्लेख गरे ।
सुर्खेत क्षेत्र नंम्बर २ का सांसदसमेत रहेका थानीले यस प्रदेशको स्थापनाको गर्दा सांसदवाट राजीनामा समेत दिन तयार रहेको स्मरण गर्दै अब सम्बृद्धिको मार्ग प्रशस्त गर्न तत्पर रहेको बताए । देशमा भएका ठुलठुला परिवर्तन पत्रकारहरुको कलमका कारण भएको बताउँदै आफु मन्त्रि हुदा पनि पत्रकारकै सहयोगमा सहकारी ऐन पास गराउँन सफल भएको स्पष्ट पारे ।सबै भन्दा गरीबीको रेखामूनि रहेको यस प्रदेशको बिकासका लागी पत्रकारले चाल्ने भूमिकामा आफु साथ दिन तयार रहेको उनले प्रतिबद्धता बताए ।केन्द्रिय सदस्य कलेन्द्र सेजुवाललाई सम्मान
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कलेन्द्र सेजुवाललाई सम्मान गरिएको थियो । सम्मान ग्रहण गर्दै उनले राजनीतिक स्थायीत्व र नयाँ संरचनाको बिकासका लागी पत्रकारले कलम चलाउँनु पर्नेमा जोड दिए ।
सिम्ता गाउँपालिकाका अध्यक्ष कबिन्द्रकूमार केसीले पत्रकारहरुले जनप्रतिनिधिलाई जिम्मेवार तथा उत्तरदायि बनाउँने तरीकाले कलम चलाएमा बिकासले गति लिने बताए ।
यस्तै पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारतीले जनप्रतिनिधिहरुले संचार माध्यामलाई बिकासको संबाहकका रुपमा बुझन नसकेको गुनासो गर्दै संचारका क्षेत्रमा बजेट छुट्याउँन माग गरे । साधारण सभा क्रियाशिल पत्रकार मञ्चका अध्यक्ष ललित बहादुर बुढाको अध्यक्षतामा भएको हो ।

प्रकाशित मितिः ९ आश्विन २०७४, सोमबार १५:२३

Leave a Reply

Your email address will not be published. Required fields are marked *