सुर्खेत, १० असोज ।
लाइन्स क्लव अफ सुर्खेत सेरोफेरोले बीरेन्द्रनगरमा दशै तिहारको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । स्थापना भएको छोटो समयमै उत्कृष्ट सामाजिक काम गदै आएको क्लवले निशुल्क स्वास्थ्य शिविर, रक्तदान, सरसफाई लगायतका काम गरेको छ ।
कार्यक्रममा अध्यक्ष पौडेलले आगामी दिनमा क्लवले सामाजिक गतिविधीलाई तिव्र वनाउने र दुर्गम क्षेत्रका जनतालाई समेत सेवा गर्ने योजना वनाएको उल्लेख गरे । कार्यक्रममा विभिन्न व्यक्रिहरुले दशै तिहारको शुभकामना आदान प्रदान गदै शान्ति, समृद्धि र उत्तरउत्तर प्रगतिको कामना गरेका थिए ।