सुर्खेतमा सन लाइफको व्यवसायी कारोवारो सुरु, शुभकामना आदान प्रदान

सुर्खेत, १० असोज ।
सन लाइफ नेपाल इन्स्योरेन्स शाखा कार्यालय सुर्खेतले बिजया दशमी तथा शुभ दिपावलीको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।बीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी बिजया दशमी, शुभ दिपावली तथा छठ पर्बको अवसरमा शुभकामना आदान प्रदान कार्याक्रम गरेको हो । चाड पर्बले सवैमा शान्ति र समृद्धि लागि प्रेरणा मिलाओस भन्ने उद्धेश्यले शुभकामना आदानप्रदान कार्यक्रम राखिएको सन लाइफ इन्स्योरेन्स सुर्खेतका शाखा प्रवन्धक गोविन्द ढकालले बताए ।
शुभकामना आदनप्रदान कार्याक्रममा सन लाइफ इन्स्योरेन्समा आवद्ध विभिन्न व्यक्तिहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमका सहभागीले नयाँ प्रगति र उन्नतिको लागि बिजया दशमी तथा शुभ दिपावलीले सतबुद्धी प्रदान गरोस भन्ने शुभकामना आदान प्रदान गरेका थिए । सन लाइफ नेपाल इन्स्योरेन्सले सुर्खेतमा पनि व्यवसायिक रुपमा कारोबार सुरु गरेको छ । यही असोज ६ गतेदेखि सन लाइफले कारोबार संञ्चालन गरेको शाखा प्रवन्धक ढकालले वताए ।यो नयाँ जीवन बीमा कम्पनी हो । । सन लाइफका अध्क्षय अनुज कयाल हुन । सन लाइफको ब्रान्ड एम्बेस्डरको रुपमा हास्यकलाकार तथा सामाजिक अभियान्ता कुञ्जना घिमिरे सुन्तली र सिताराम कट्टेल धुर्मुस रहेका छन ।

 

प्रकाशित मितिः १० आश्विन २०७४, मंगलवार १५:३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *